टाटा मोटर्सको नयाँ शोरुम भैरहवामा संचालन



काठमाडौं । टाटा मोटर्स लिमिटेडको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पेसेन्जर भेहिकलहरुको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम बुद्धम अटोमार्ट संचालनमा ल्याएको छ ।

सो शोरुमको उद्घाटन हालै आयोजित एक कार्यक्रममा गरिएको हो ।

शोरुममा टाटाका विभिन्न मोडेलका कारहरुको विक्री वितरण गरि स्थानीय ग्राहकहरुलाई विक्री को समय र विक्री पश्चात्का सेवाहरु सहज रुपमा प्रदान गर्ने कुरा बुद्धम अटोमार्टका प्रतिनिधिले जानकारी गराएका छन् ।

पेसेन्जर भेहिकल अन्तर्गत नेपालमा टाटा मोटर्स्को प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो र स्टाइलब्याक टिगोर आदि रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु