सरकारबाट बर्खास्तीमा परेपछि आयल निगमका प्रमुख गोपाल खड्काले भने- म दोषी छैन



काठमाडौं । सरकारले सोमबार बर्खास्त गरेका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफु दोषी नभएको बताएका छन् ।

आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको आरोप लागेका खड्काले आफुले सहने प्रतिक्रिया दिए ।

बर्खास्तीमा परेपछि बिबिसि नेपालीसेवासँग प्रतिक्रिया दिदै खड्काले आफ्नो विरुद्ध केहीपनि प्रमाण नभएको र सरकारले खेदेरर निलम्बन गरेको आरोप लगाए ।

उनले नगरेको अपराधमा आफु कारवाहीमा परेको बताए ।

‘भिमसेन थापालाई त कारवाही गरेको देशमा मैले के गर्न सक्छु,’ उनले भने,‘ म केहि गर्दिन सहेर बस्छु ।’


क्लिकमान्डु