दामी र हामीनिटको ‘दशैको खुशी बाडौं’ अफर मेला



काठमाडौं । दामी र हामीनिट इन्डस्ट्रिजले दसैं र तिहारको अवसर पारेर ‘दशैंको खुशी बाँडौं‘ अफरको मेला संचालन गरिरहेको छ ।

ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका पहिरन उत्पादन गर्ने हामीनिट र गार्मेन्ट उत्पादनहरु जिन्स पाइन्ट, टिसर्ट, ट्राउजरका साथै बच्चाहरुका कपडा उत्पादन गर्ने दामी ब्राण्डले संयुक्तरुपमा बृहत प्रदर्शनी तथा बिक्री मेला यहि भदौ २९ गतेदेखि आश्विन १३ गते सम्म केएल टावर, चावहिलमा आयोजना गरिरहेको छ । जसमा ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँ सम्मका कपडाहरुको खरिदमा ७५ प्रतिशत सम्म छुट अफर ल्याएको छ र ५ हजार रुपैयाँ भन्दा माथिको खरिदमा एउटा आकर्षक गिफ्ट ह्याम्पर पनि दिने पनि जनाएको छ ।

के.एल. टावरको तेश्रो तल्लामा रहेको हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल, जिन्स पाइन्ट, टाउजर, साथै वच्चाहरु का कपडाहरु लगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको कम्पनीले जानकारी दियो ।

कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले हामीनिटका के.एल.टावर चुच्चेपाटीमा र जोरपाटी टेलिकम पछाडी गरि दुईवटा आउटलेट संचालनमा रहेको र निकट भविष्यमा थप आउटलेट संचालन गर्ने जानकारी पनि गराईन् ।


क्लिकमान्डु