सपिङ सेन्टरहरुमा विदेश भ्रमणको मौकादेखि उपहारै उपहारसम्म




काठमाडौं । दशैं नजिकै आइपुग्दा काठमाडौंका मल तथा सपिङ सेन्टरले आफ्ना ग्राहकहरुलाई आकर्षण गर्न विभिन्न उपायहरु अपनाएका छन् । ग्राहक तान्नको लागि विभिन्न मल तथा सपिङ सेन्टरहरुमा आकर्षक योजना ल्याउने प्रतिपर्धा नै चलेको छ ।

काठमाडौंका सिभिल मल, बिजी मल, विश्व ज्योती मल र केएल टावर जस्ता सपिङ सेन्टर र मलहरुले यस्ता आकर्षक योजना ल्याएका हुन् ।

सिभिल मलले दशैं तिहार महोत्सव उपहार योजना ल्याएको छ । यहाँ भदौ २४ गतेदेखि नै दशै तिहार महोत्शव सुरु भएको छ । यो महोत्सव कातिक १८ गतेसम्म निरन्तर चलिरहने सिभिल मलका मार्केटिङ हेड अमिर ठकुरीले जानकारी दिए ।

बम्पर उपहारमा सुजुकी स्कुटी, दुबइ ट्रिप र विभिन्न घडीहरु उपहार राखिएको छ ।

सिभिल मलले आफ्नो बम्बर उपहारमा यामाहा एफजेट २५, यामाहा रेजेट स्कुटर तथा यामाहा फ्यासिनोको बाइक उपहार राखेको छ । यस्तै बम्पर उपहारहरुमा एलजीको स्माट टिभी, हिराको नेकलेस, एलजी डबल डोर रेफ्रिजेटर, एलजी वासिङ मेसिन, एलजी होम थेटर, एलजी माइक्रो ओभन र एलजीका स्मार्ट फोनहरु राखेको छ ।

यस्तो उपहार योजनामा सहभागी हुन चाहनेले सिभिल मलमा गएर १ हजार रुपैयाँ भन्दा बढी मूल्यका सामान खरिद गर्नु पर्ने हुन्छ । १ हजार रुपैयाँ भन्दा बढी मूल्यको सपिङ गर्ने ग्राहकले लक्की ड्र मार्फत हरेक हप्ता यी उपहारहरु आफ्नो पोल्टामा पार्न सक्ने बताइएको छ ।

सिभिल मलले हरेक दिन वाकिङ गिफ्ट ह्याम्पर अफर पनि राखेको छ । यसमा सिभिल मल भित्र पस्नेहरुमा लक्की ड्र गरेर हरेक दिन छुट्टाछुट्टै उपहारहरु पनि दिइने कार्यक्रम रहेको मार्केटिङ हेड ठकुरी बताउछन् ।

यसका लागि सिभिल मलले आफ्ना भोलेन्टियरहरु पनि खटाएको छ । यस्तै मलले कन्सर्ट, सालसा डान्स, कल्चरल डान्स र फोटो खिच्नको लागि फोटो बुथको पनि ब्यवस्था गरेको छ ।

सिभिल मलमा क्वीज कन्टेस्ट मार्फत छुट्टै गिफ्टको पनि ब्यवस्था गरेको छ । यस्तै मलमा सिग्नेचर टफ स्पेसल गिफ्टको पनि सप्र्राइज गिफ्ट राखिएको ठकुरीले जानकारी दिए ।

बिजीमल, विश्वज्योती मल र केएल टावरमा भने असोज २ गतेबाट दशैं अफरसुरु गरिने भएको छ ।

गोंगबुमा रहेको बिजीमलले पनि ग्राहकहरुको लागि छुट्टै उपहार कार्यक्रमहरुको व्यवस्था गरेको छ । बिजी मलले फेन्टास्टिक दशैं तिहार अफर राखेको छ । असोज २ गतेबाट सुरु हुन लागिरहेको फेन्टास्टिक दशै तिहार अफर कातिक १८ गतेसम्म सञ्चालन हुने इभेन्ट नेपालका निर्देशक हिरामणि तिमलसिनाले जानकारी दिए । फेन्टास्टिक दशैै तिहार अफर अन्तर्गत बिजी मलमा १ हजार रुपैयाँ भन्दा बढीको खरिद गर्ने ग्राहकले विभिन्न उपहारहरु पाउने छन् । उहारहरुमा सुजुकी जिसेरिस् बाइक, सुजुकी लेटस् स्कूटर, बैंकक ट्रिप जस्ता बम्पर उपहारहरु राखिएको इभेन्ट नेपालका निर्देशक तिमलसिनाले जानकारी दिए ।

दैनिक उपहारमा भने डिएसआर मुभिज टिकेट र डेसल क्याफेमा लन्च कुपन राखिएको छ । यसका लागि दैनिक १ हजार रुपैयाँभन्दा बढी भौचर बराबरको उपहार अफर पनि राखिएको छ । यसैगरी फ्लोर इभेन्टमा पनि साप्ताहिक सिजी टिभी, वासिङ मेसिन, फ्रिज, सिजी साउण्ड बार र थुप्रै घडीहरु उपहारमा राखिएको छ । हरेक हप्ता ५ हजारभन्दा बढी बराबरको सपिङ बहार पनि राखिएको छ ।

उहारहरुमा सुजुकी जिसेरिस् बाइक, सुजुकी लेटस् स्कूटर, बैंकक ट्रिप जस्ता बम्पर उपहारहरु राखिएको इभेन्ट नेपालका निर्देशक तिमलसिनाले जानकारी दिए ।

यस्तै जमलमा रहेको विश्व ज्योती मलमा पनि यही असोज २ गतेबाट दशैं तिहार सुपर अफर सप्र्राइज छुट कार्यक्रम सुरु हुने भएको छ । दशैं तिहार सुपर अफर सप्राइज छुट कार्यक्रम कातिक २५ गतेसम्मका लागि राखिने इभेन्ट नेपालका निर्देशक तिमलसिनाले बताए ।

दशैं तिहार सुपर अफर सप्र्राइज छुट कार्यक्रम अन्तर्गत दैनिक सपिङ भौचर गिफ्ट ह्याम्पर, स्मार्टफोन र लन्च कुपन पनि उपहारमा दिइने छ । साप्ताहिक उपहारमा हजार रुपैयाँ बराबरको सपिङमा लक्की ड्रमार्फत टिभी, माइक्रोओभन र साउन्ड बार राखिएको छ । यस्तै बम्पर उपहारमा सुजुकी स्कुटी, दुबइ ट्रिप र विभिन्न घडीहरु उपहार राखिएको छ ।

दशैै तिहार सुपर अफर सप्राइज छुट कार्यक्रममा कन्र्सट, डान्सिङ सो, फेसन सो र फ्ल्यास मुभ जस्ता कार्यक्रमहरु राखिने भएको छ ।

यसैगरी चुचेपाटीमा रहेको केएल टावरले रमाइलो दशैं तिहार उपहार आयोजना गरेको छ । केएल टावरले १ हजार रुपैयाँभन्दा बढीको सपिङ भौचर, स्टभ सिनेमा टिकेट र थुप्रै आकर्षक बम्पर उपहारहरु राखेको छ ।

भाटभटिनीले इलेकट्रोनिक्स र लगेजमा १५ प्रतिशतको छुट राखेको छ ।

बम्पर उपहारमा सुजुकी बाइक, लेटस् स्कुटी, २ हजार ५ सय भन्दा बढीको सपिङ भौचर राखिएको छ । लक्की ड्रमार्फत गरिने साप्ताहिक उपहारहरुमा केएल टावरले गोद्रेजको फ्रिज, वासिङ मेसिन, टिसिएल टिभी, माइक्रोओभन र भ्याकुम क्लिनर राखिएको इभेन्ट नेपालका निर्देशक तिमलसिनाले बताए ।

यस्तै भाटभटिनीले बडा दशैै, तिहार तथा छठको अवसरमा भाटभटेनी मेगा डिस्काउन्ट अफर ल्याएको छ । भाटभटिनीले इलेकट्रोनिक्स र लगेजमा १५ प्रतिशतको छुट राखेको छ । किचेन वयर, रेडिमेट गार्मेन्ट सारी, कुर्ता, जुत्ता चप्पल र कस्मेटिक्समा भने १० प्रतिशतसम्मको छुट दिने व्यवस्था मिलाएको छ । सम्पूर्ण ग्रोसरी सामानहरुमा ५ प्रतिशतसम्मको छुट दिने भएको छ ।


क्लिकमान्डु