सिप्रदीले ल्यायो ‘टाटा योद्धा’ मिनि ट्रक, मूल्य २० लाख ५० हजार



काठमाडौं । टाटाको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा योद्धा मिनि ट्रक बजारमा ल्याएको छ ।
कम्पनीले बिहिबार एक कार्यक्रमका बिच कम्पनीको नयाँ मिटि ट्रक सार्वजनिक गरिएको हो ।

टाटा योद्धा नामक मिनि ट्रकले विभिन्न व्यवसायमा आबद्ध रहेका व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ सार्वजनिक गरिएको जानकारी दिईयो ।

मिनि ट्रक विभिन्न भेरियन्टरुमा उपलब्ध रहेको छ, जसमा ८५ एचपिको शक्तिशाली ३.० लिटर इन्जिन, २५० एनएम टर्कले त्यसलाई आफ्नो वर्गको उत्कृष्ट गाडी सावित गरिएको कम्पनीको भनाई छ ।

मिनि ट्रक सार्वजनिक गर्दै टाटा मोटर्स लिमिटेडका कमर्सियल भेहिकल इन्टरनेशनल बिजनेश यूनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मेत्रले टाटा योद्धा ग्राहकहरुको दैनिक प्रयोगका लागि उत्कृष्ट माध्यम साबित हुने र व्यवसायको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा टाटा योद्धा बुकिङ गर्ने ७ जना ग्राहकहरुलार्इ साँचो हस्तान्तरण गरिएको थियो ।

टाटा योद्धाको बजार मूल्य २० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु