बजाज डोमिनार ४०० मार्फत एशिया डे टूर टिमद्धारा क्रस कन्ट्रि पुरा



काठमाडौं । एशिया डे टूर टिमले ‘वातावरणका लागि शान्ति (पिस फर इन्भाइरोन्मेन्ट)’ मुल नारा सहित क्रस कन्ट्रि टूर सफल रुपमा सम्पन्न गरेको छ । यो टूर १०१ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

समूह सदस्यहरुः दिपक प्रसाद पौड्याल, श्याम प्रसाद सुवेदी, रमेश धिताल, राम कृष्ण नेपाल र सुरज अधिकारीले आफ्नो यात्रा जेठ २२ गतेदेखि शुरु गरेर केबल ९२ दिनभित्रै भदौ १९ गते सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।

सो यात्रा काठमाडौंबाट शुरु भएर काकरभिट्टा हुँदै भारतको फुलबारी, बंगलादेशको ढाका, भारतको सुतरखण्डी, भारतकै मोहारे, म्यानमारको टमु, थाइल्याण्डको मेसोट, थाइल्याण्डकै सदवा, मलेशियाको जोरबारु हुँदै सिंगापुर पुगेर सोहि बाटो पुनफर्किएको थियो ।

यसमा कुलकरिब ११,५९९ किलोमिटरको दूरीमा यात्रा गरिएको थियो । यसमा निजी बजाज डोमिनार ४०० प्रयोग गरिएको थियो र यात्राका लागि १ करोड रुपैयाँ खर्च गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु