बेबी डाइपर ब्राण्ड बमटम, पामिमो, र स्यानिटरी न्यापकिन्स फ्रिमी नेपाल भित्रियो



काठमाडौं । मिलेनियम बेबी केयर, भारतमा आधारित प्याण्ट स्टाईलको बेबी डाइपर उत्पादक कम्पनीले नेपालमा आफ्नो विश्वस्तरीय बेबी केयर उत्पादन सार्वजनिक गरेको छ ।

कम्पनीले विश्वस्तरीय बेबी केयर उत्पादनहरु सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको र स्यानिटरी न्यापकिन पहिलो पटक सूपथ मूल्यमा नेपालमा भित्र्याएको हो । कम्पनीले आफ्नै उत्पादन यूनिट भएको डायमण्ड नेपालसँग सहकार्य गरेको छ ।

भारत र यूएईमा सफलरुपमा सार्वजनिक भएपछि मिलेनियम बेबी केयरले आफ्नो ब्राण्ड बट टम, पापिमो बेबी प्याण्ट डाइपर र फ्रि मी स्यानिटरी न्यापकिन्स नेपालमा ल्याएको कम्पनीले जानकारी दिएकोछ ।

मिलेनियम बेबी केयरको ससक्त उत्पादन बेबी पुलअप प्यान्ट स्टाइल डाइपर जून डाइपर उद्योगमा पछिल्लो नविनतम डिजाइन हो । यस्तो प्रकारको प्यान्ट स्टाइल डाइपर लोकप्रिय हुनुको मुख्य उद्धेश्य भनेको यसको डिजायन, आरामदायी र सुरक्षा नै हो । यी प्यान्टहरु नरम कटनसहितको सामाग्री, पूर्ण सुख्खा, तत्काल सोस्ने र ताजा हावा पस्ने सामाग्रीहरुको विशेषता सहित आउँछ ।

यो स्मल साइज, मिडियम साइज र लार्ज साइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु