सञ्चार राज्यमन्त्रीको झण्डावाल गाडीले मोटरसाइकललाई ठक्कर दिएर भागेपछि…



काठमाडौं । सञ्चार राज्यमन्त्री तत्पबहादुर बिष्टको सञ्चार राज्यमन्त्रीको झण्डावाल गाडीले काठमाडौंको बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर भागेको छ ।

बा १ झ ७१६३ नम्बरको राज्यमन्त्री विष्टको गाडीले बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

ठक्कर दिएपछि स्थानीयले मन्त्रीको गाडीलाई घेरेका थिए । तर, प्रहरीले भीड नियन्त्रण गरि मन्त्रीलाई भगाएको छ । गाडीमा मन्त्री बिष्ट पनि सवार थिए ।

मन्त्रीको गाडीको ठक्कर लागेर घाइते भएका मोटरसाइकलमा सवार दुबै
जनालाई प्रहरीले उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल भर्ना गरेको छ ।


पुष्प दुलाल