बैदेशिक रोजगारीबाट फर्केका ६८ प्रतिशत नेपाली स्वरोजगार




काठमाडौं । बिदेशमा काम गरेर फर्किएका ६८ प्रतिशत नेपालीले आफ्नै ब्यवसाय सुरु गर्ने गरेका तथ्य सार्बजनिक भएको छ । तर, यस्तो संख्या बैदेशिक रोजगारीबाट फर्केपछि फेरि विदेश जान्न भन्नेहरुको हो । एकपटक विदेश गएर फर्केपछि फेरि विदेश जान्न भन्नेको संख्या भने कम छ ।

एकाउन्टविलिटी ल्यावले धादिङ, नुवाकोट, सिन्धुपाल्चोकर काभ्रेमा गरेको सर्बेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागी भएकामध्ये एकपटक विदेश गएर फर्केका ४४ प्रतिशत नेपालीले मात्रै फेरि बिदेश नजाने बताएका थिए । बाँकी ५६ प्रतिशतले भने फेरि बिदेश जाने बताएका थिए ।

१० प्रतिशत सहभागीलाई भूकम्पले आफ्नो आम्दानीको स्रोत गुमाइदिएको कारण फेरि बिदेश जानुपर्ने भएको लागेको थियो भने ८ प्रतिशत सहभागी राजनीतिक अस्थिरतको कारण दिक्क भएर विदेश जान चाहन्थे ।

एकपटक विदेश गएर फर्केका तर अब बिदेश जान्न भन्नेहरुमध्ये १५ प्रतिशतले नगदे बाली गर्न थालेको बताए । बैदेशिक रोजगारीबाट नेपालमा नयाँ शीप भित्रन्छ भन्ने तर्कलाई यो सर्वेक्षणले गतल साबित गरिदिएको छ । किनभने विदेशबाट फर्केकामध्ये ६ प्रतिशतले आफ्नै सहरमा रोजगारी पाएका छन् भने ९ प्रतिशतले नयाँ काम सुरु गरेको बताएका थिए ।

सर्बेक्षणमा सहभागीमध्ये २ प्रतिशतले बुढेसकाल लागेका कारण फेरि बिदेश नजाने बताएका थिए ।

फेरि बिदेश जान्छु भन्नेहरुमध्ये ३२ प्रतिशतले नेपालमा जागिर नपाइने भएकोले बिदेश जानुको विकल्प नभएको बताए । सर्बेक्षणमा सहभागी ३१ प्रतिशत नेपालीलाई विदेशमा धेरै कमाइ हुने लागेको कारण फेरि बिदेश जानुपर्छ भन्ने लागेको थियो ।

यस्तै १० प्रतिशत सहभागीलाई भूकम्पले आफ्नो आम्दानीको स्रोत गुमाइदिएको कारण फेरि बिदेश जानुपर्ने भएको लागेको थियो भने ८ प्रतिशत सहभागी राजनीतिक अस्थिरतको कारण दिक्क भएर विदेश जान चाहन्थे । सर्वेक्षणले अरुको लहैलहैमा लागेर बिदेश जानेको संख्या पनि ठूलै रहेको देखाएको छ ।

एक पटक विदेश गएर फर्केकामध्ये ८ प्रतिशत सहभागी अरु सवै विदेश गएकोले आफू पनि फेरि बिदेश जाने योजनामा रहेको बताएका थिए । यस्तै ६ प्रतिशत सहभागीलाई सामाजिक दबाबको कारण फेरि बिदेश जानुपर्छ भन्ने लागेको थियो भने ५ प्रतिशतलाई अन्य कारणले फेरि बिदेश जानुको विकल्प नभएको लागेको थियो ।


क्लिकमान्डु