नेपालमा पहिलो पटक सेकुवा मेला हुदैं, १५  सय रुपैयाँमा चाहेजति सेकुवा खान पाइने



काठमाडौं । नेपालमा पहिलो पटक सेकुवा मेला –२०७४ आयोजना हुने भएको छ ।

बाजेको सेकुवाको आयोजना तथा टुबोर्गद्धारा प्रायोजित ‘सेकुवा मेला २०७४’ सम्भवतः नेपालको इतिहासमा नै पहिलो पटक हुन गैरहेको छ ।

‘यो विश्वमा धेरै भइरहेनेमेला हो, यसपटक नेपालमा पनि आयोजना गर्न खोजेका छौ,’ बजेका सेकुवा चेन रेष्टुरेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चेतन भन्डारीले भने ।

भन्डारीका अनुसार असोज ७ गते काठमाडौको भृकुटीमण्डपमा यो मेला आयोजना हुँदैछ । दिउँसो ३ बजे देखि बेलुका ९ बजे सम्म हुने यस मेलामा सेकुवा पारखीहरुले बाजेको मसलामा मोलिएका विभिन्न २० थरीका भेज तथा ननभेज सेकुवाका परिकारहरुको स्वाद लिन पाउने भन्डारीले जानकारी दिए ।

मेलामा सहभगि हुन १ हजार ५ सय को टिकट खरिद गरेपछि चाहेजति विभिन्न परिकारका सेकुवाहरु तथा १ कम्प्लिमेन्ट्री पेयपदार्थ खान पाउने छन् । १२ वर्ष मुनिका बालबालिकाहरुलाई विशेष छुट सहित  ९ सय मा टिकट उपलब्ध हुनेछ । अग्रिम टिकट लिनुहुने महानुभावहरुलाई १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।

त्यसै गरी कर्पोरेट तथा सामुहिक टिकट खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । बाजेको सेकुवाको सवै शाखाहरु तथा रोयल इभेन्ट, कोटेश्वरबाट टिकट खरिद गर्न सकिने सिइओ भन्डारीले जानकारी दिए ।  अष्ट्रेलिया तथा मकाउ भ्रमण अन्तर्गत फुड फेष्टिवलमा सहभागिता जनाउँदाको अनुभव तथा विभिन्न अरु देशहरुमा यस्ता कार्यक्रमको आयोजनाले नेपालमा पनि सेकुवा मेला गर्न लागिएको भन्डारी बताउँछन् ।

सन् २०१३ मा मकाउको फिसरम्यान वार्थमा आयोजित अन्तराष्ट्रिय बियर, वाईन र खाना फेष्टिवलमा बाजेको सेकुवाले सहभागिता जनाउँदै वेष्ट फर्मरमेन्स अवार्ड प्राप्त गरेको थियो । त्यस्तै अष्ट्रेलियाको सिड्नीमा सन् २०१७ अप्रिल ८ मा ‘टेष्टिङ्ग नेपाल’ कार्यक्रममा सहभागिता जनाउँदै विशिष्ट प्रदर्शन गर्न सफल भएको थियो । सेकुवा परिकारमा नेपालकै परिचयको रुपमा आफृलाई स्थापित गर्न सफल बाजेको सेकुवाले यस्ता कार्यक्रम आयोजना गर्नु अपरिहार्य रहेको भन्डारीको भनाई छ ।

यस मेलाको आकर्षण मध्ये होल मटन बार्बिक्यु रहनेछ जसलाई बाजेको विशेष प्रकारको मसला प्रयोग गरीरोटरमा ग्रिल गरिनेछ । सेकुवाका परिकारहरु बाहेक अतिथीहरुले विभिन्न पेयपदार्थहरुको पनि मज्जा लिन सक्नेछन् । यस मेलामा रोहित जोन क्षेत्री र कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुती आकर्षणको विषय रहनेछ । बालबालिकाहरुको लागि पनि मनोरञ्जनात्मक गतिविधीहरुको व्यवस्था हुनेछ ।


क्लिकमान्डु