राजस्व कार्यालयको ८६ हजार नक्कली टिकट बनाउने २ जना पुलिसको फन्दामा



काठमाडौं । बीरगञ्जस्थित आन्तरिक राजस्व कार्यालयको नाममा नक्कली टिकट बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले हरिओम ट्रेडिङ प्रा.लि.का सञ्चालक कुलप्रसाद राजभण्डारी र उनका सहयोगी प्रकाश घिमिरेलाई पक्राउन गरेको हो ।

घिमिरे र राजभण्डारी मिलेर ८६ हजार ४ सय ७० वटा आन्तरिक राजश्व कार्यालयको नक्कली स्टिकर बनाएका थिए । जसको राजश्व छली बिगो १ करोड ५० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

हरिओम ट्रेडर्सका राजभण्डारीले आफ्नो फर्ममार्फत् भारतबाट नेपाल सामान भित्र्याए बापत प्रज्ञापनपत्रमा उल्लेखित रकमको कमिशन पाउने गरेको तथ्य भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रकाश घिमीरेले बिभिन्न ट्रान्सपोर्ट कम्पनीहरुको सहयोगी (कर तिर्ने, बैक खाता खोल्न जाने) बापत केही रकम प्राप्त गर्ने गरेको र हरिओम ट्रेडर्स खोल्दा समेत कम्पनी रजिष्ट्रारको कार्यालय, बैंक लगायतको सम्पूर्ण काम घिमिरेले नै गर्ने गर्थे ।


पुष्प दुलाल