जन्मदिनको अबसरमा एमाले नेता योगेश भट्टराईले गरे मुटु रोगीलाई आर्थिक सहयोग



काठमाडौं । एमाले नेता योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा मुटु रोगीलाई आर्थिक सहयोग गरेका छन् । भट्टराईले गृहजिल्ला ताप्लेजुङको हाङ्देवा निवासी कुमार शेर्पाका ७ वर्षिय छोरा मिलन शेर्पालाई मुटुको उपचारका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण शेर्पा थप उपचारका लागि काठमान्डौ आउन सकेका थिएनन् । ताप्लेजुङ्बाट काठमान्डौसम्म ल्याउनका लागि मैले भट्टराईले १५ हजार रुपैयाँ दिएका हुन् ।

उनले नेकपा एमाले ताप्लेजुङ् सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र सुजन भट्टराईमार्फत नगद सहयोग गरेको जानकारी दिए ।

‘मैले आजसम्म कुनै बिशेष समारोह वा भोज आयोजना गरेर आफ्नो जन्मदिन मनाएको छैन, यस अबसरमा समस्यामा परेकालाई आफूले सकेको सहयोग गर्दै आएको छु,’ भट्टराईले भने ।


पुष्प दुलाल