अर्घाखाँचीमा भेटियो ४०० वर्ष पुरानो शिलालेख, के लेखिएको छ ?



अर्घाखाँची। जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ ।

शीतगंगा नगरपालिका-७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो ।

शिलालेखमा मिति १६८५ चैत १३ गते रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत् आयोजनास्थल हेर्न जाने क्रममा शिलालेख भेटिएको हो ।

श्री लेखिएकाले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ति नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको अर्घाखाँचीका सहायक प्रजिअ खत्रीले बताए ।

यो शिलालेख अहिलेसम्म कसैले देखेका थिएनन् ।

यो पुरानो लिपि हो यसलाई पुरानो विज्ञले विश्लेषण गर्नसक्ने भन्दै त्यहाँ लिएका तस्वीर विज्ञलाई पठाएको सहायक प्रजिअ खत्रीको भनाइ छ ।

शिलालेख ठूलो ढुंगामा गडेको अवस्थामा रहेको छ । शिलालेख रहेको स्थानमा जाने बाटो अप्ठ्यारो भएको र उक्त ठाउँ बस्तीभन्दा टाढा रहेको छ ।


पुष्प दुलाल