३ हजार सवारी साधन बुकिङ लिदै सकियो ‘अटो-शो’, बेष्ट स्टल फोर्डले जित्यो




काठमाडौं । नाडा अटो शो २०१७ मा २ हजार ६ सय सवारी बुकिङ भएको छ । ६ दिनसम्म चलेको अटो शो मा ३ अर्ब रुपैयाँ भन्दा बढी सवारी साधान बुकिङ भएको नाडा अटो शो २०१७ का संयोजक शम्भु प्रसाद दाहालले जानकारी दिए ।

गत मंगलबार देखि भृकुटीमन्डपमा सुरु भएको अटो शो आइतबार सकिएको हो । संयोजक दाहालका अनुसार ‘६५ हजार भन्दा बढी अवलोकनकर्ताले नाडा अटो शो को अवलोकन गरेको बताए ।

नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमन्डपमा चलेको अटो शो आइतबार सकिएको छ । ‘नाडा अटो शो को आर्कषण बढ्दै गएको अवलोकनकर्ताको चासोले जनाउँछ,’ संयोजक दाहालले भने ।

आयोजकका अनुसार अघिल्लो वर्ष ७४ कम्पनीको सहभागिता थियो । यस वर्ष ९० कम्पनी सहभागी छन् । दाहालका अनुसार नेपालमा बिक्री वितरणका लागि अनुमति लिएका एजेन्सीहरुमध्ये ९९ प्रतिशत अटो व्यवसायीको सहभागिता छ ।

प्रदर्शनीमा अधिकांश नयाँ उत्पादन नयाँ मोडल प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनी प्रवेशका लागि सर्वसाधारणलाई २ सय र विद्यार्थीलाई १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

मेलामा बुकिङ भन्दा पनि मुख्य उद्देश्य ब्रान्डिङ रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा सर्वसाधारणहरु दुईपांग्रे सवारीमा भीड बढेको लागेको थियो । दुईपांग्रे सस्तो र सबैको पहुँचका कारण मोटरसाइकल र स्कुटर अवलोकनकर्ताको भीड बढेको हो । यही अवसरमा कम्पनीहरुले आकर्षक छुटको योजना पनि सार्वजनिक गरेका छन् ।

छुट र अफरले सर्वसाधारण आकर्षित भएको आयोजकको दाबी छ । आयोजकका अनुसार प्रदर्शनीमा सहभागी सबै कम्पनीले केही न केही छुट र अफर दिएका दिए । ‘कम्पनीहरुले लाखौं रुपैयाँसम्म छुट दिएका छन् । बिमा र बैंकको सुविधा पनि एकै थलोमा छ,’ संयोजक दाहालले भने, ‘सबै प्रकारको सुविधा एकै थलोमा हुँदा आकर्षण बढेको छ ।’

आयोजकका अनुसार प्रदर्शनीमा १६ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुईपांग्रे, ६ ब्रान्डका हेबी इक्विपमेन्ट र ८ ब्रान्डका लुब्रिकेन्टहरू सहभागी छन् । ४ ब्रान्डका टायर, ४ ब्रान्डका ब्याट्री र ग्यारेज इक्विपमेन्ट पनि राखिएको जनाइएको छ । १० वटा बैंक तथा वित्तीय संस्था, दुईवटा बिमा कम्पनीको पनि सहभागिता छ ।

बेष्ट स्टल फोर्डलाई

अटो शोको उत्कृष्ट स्टल अवार्ड ४ पाङग्रे अन्र्तगत फोर्डले जितेको छ । साथै दुइपाङ्ग्रे अन्र्तगतको अवार्ड बजाजले पाएको छ । हेभि सवारी साधनतर्फको अवार्ड अशोक लेलेण्डले पाउँदा साना पार्टस, टायर टिउब र लुब्रीकेन्ट तर्फको अवार्ड हिट्को इन्टरनेशनलले पाएको छ ।


क्लिकमान्डु