‘अटो शो’मा हुन्डाईको अफरै-अफर, ८५ हजारदेखि ५ लाखसम्म छुट




काठमाडौं । नाडा अटो शो २०१७ मा हुन्डाईका ६ वटा गाडी प्रर्दशनीमा राखिएका छन् । इओन, ग्रान्ड आइटेन, आई ट्वान्टी एक्टिभ, भर्ना, क्रेटा र न्यु टुसान गाडी प्रर्दशनीमा राखिएका हुन् ।

‘नाडा अटो शो मा हुन्डाईका गाडी खरिदमा धेरै अफरहरु दिइएको छ,’ हुन्डाई गाडीको नेपालका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डीजीएम सेल्स एन्ड मार्केटिङ रुपेश शर्मा भट्टले क्लिकमाण्डुसंग भने ।

विगतमा जस्तै हुन्डाईले यसवर्ष पनि दशै तिहार अफर सार्वजनिक गरेको भट्टले जानकारी दिए । कम्पनीले दशै–तिहारको उपलक्ष्यमा ल्याएको ‘दशै–तिहार गेट सेट गो’ अफर ल्याएको छ । ८५ हजार रुपैयाँ देखि ५ लाखसम्म नगद छुट दिइएको भट्टले जानकारी दिए ।

नयाँ हुन्डाई गाडीको खरिदमा एक वर्षको बिमा साथै ५६ जनाले सामसङ ग्यालेक्सी एस सिक्स एज र बम्परमा हुन्डाईको क्रेटा जित्ने अवसर रहेको छ । लक्की ड्र अन्र्तगत सय जनालाई एक तोला सुन दिइने हुन्डाईको अफर रहेको छ । साथै १० जोडीलाई दुबई घुम्न जाने अवसर समेत दिइएको भट्टले जानकारी दिए ।


क्लिकमान्डु