सेजन अध्यक्षमा आचार्य निर्वाचित



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज९सेजन०का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे । । यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गरे ।

महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी भए। उनका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गरे । सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गरे । कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गरिन् ।

त्यसैगरी सदस्यमा एलिजा उप्रेती १५७, हिमाल पौडेल १४५, सागर घिमिरे१२८, कृष्ण रिजाल १०९ र शिव बोहोरा ९९ मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।


क्लिकमान्डु