दशै आयोः दरबारमार्गमा जेन्स वयरमा ५० प्रतिशतसम्म छुट



काठमाडौं । नजिकिँदै गरेको दशैलाई लक्षित गर्दै दरवारमार्गका अधिकांस कपडा स्टोरहरुमा नयाँ नयाँ डिजाइनका कपडाहरु आइसकेको छ ।

गर्मी तथा दशैका लागि आफुलाई सुहाउँदो पाइट तथा टिसर्ट खरिद गर्न चाहने पुरुषहरुको लागि भनेर दरवारमार्गमा रहेका सप जिओडनो, मिटर्स बनवे तथा पुमा जस्ता थुप्रै कपडा स्टोरहरु छन् । जहाँ तपाई आफुले चाहे जस्तो सर्ट, पाइट तथा टिसर्ट भारी छुटका साथ खरिद गर्न सक्नु हुन्छ ।

दरवारमार्गमा रहेका सप जिओडनो कपडा स्टोरमा ६ सय रुपैयाँदेखि ९ हजार १ सय रुपैयाँसम्मका सर्ट, पाइट तथा टिसर्टहरुमा ३० देखि ५० प्रतिशतसम्मको छुट राखिएको छ । पुरुषहरुका लागि टिसर्टहरु सो पसलमा १ हजार ३ सय रुपैयाँदेखि ३ हजार ८ सय रुपैयाँसम्मको पाइन्छ । जसमा ३० प्रतिशतसम्मको छुट राखिएको छ ।

यस्तै पुरुषहरुले लगाउने पाइट सो पसलमा ३ हजार रुपैयाँदेखि ५ हजार २ सय ५० रुपैयाँसम्मको छ । पाइटहरुमा ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट राखिएको सप जिओडनोका विक्रेता राम प्याकुरेलले बताए । सो कपडा स्टोरमा ४ हजार ८ सय रुपैयाँदेखि ५ हजार ३ सय ५० रुपैयाँसम्म पर्ने पुरुषहरुका सर्टहरु छन् जसमा ३० देखि ४० प्रतिशतसम्मको छुट राखिएको छ । यस्तो छुट तिहारसम्म कायम रहने प्याकुरेलको भनाइ छ ।

यसैगरी दरवारमार्गमा नै रहेको मिटर्स वानवे कपडा स्टोरमा भने २० देखि ५० प्रतिशतसम्मको छुट राखिएको छ । सो कपडा स्टोरमा १ हजार ९५ देखि ५ हजार रुपैयाँसम्मका पुरुषका सर्ट, पाइट तथा टिसर्ट रहेको छ ।

पुरुषहरुले लगाउने टिसर्टहरुको मूल्य सो स्टोरमा १ हजार ९५ रुपैयाँदेखि ३ हजारसम्म रहेको छ । पुरुषहरुले लगाउने यी टिसर्टहरुमा २० देखि ३० प्रतिशतसम्मको छुट राखिएको छ ।

यस्तै यहाँ विक्रीमा राखिएको सर्टहरुको मूल्य भने २ हजार ६ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रहेको छ । पुरुषहरुले लगाउने यी सर्टहरुमा ३० देखि ५० प्रतिशतसम्मको छुट राखिएको छ । यहाँ रहेको पुरुषका पाइटहरुको मूल्य ३ हजार देखि ५ हजार रुपैयाँसम्म रहेको छ । तर, यी पाइटहरुमा भने कुनै छुट नराखिएको मिटर्स वानवेका विक्रेता अक्षत शर्माले बताए ।

दरवारमार्गमै रहेको पुमा जेन्स कपडा स्टोरमा भने समर सेल राखिएको छ । यहाँ रहेको टिर्स पाइट तथा सर्टमध्ये टिसर्टमा मात्र छुट राखिएको छ । सो स्टोरमा २ हजार १ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको टिसर्टहरु रहेको छ । जसमा २० प्रतिशतसम्मको छुट राखिएको छ ।

यस्तै दरवारमार्गमा रहेको जोडिएक कपडा स्टोरले राम्रो अफर ल्याएको छ । सो स्टोरमा हाल बाइ वान गेट वान तथा ५० प्रतिशत छुटको अफर चलिरहेको जोडिएकका विक्रेता सतिक पौडेलले बताए ।

जोडिएक स्टोरमा १ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्मका जेन्स पाइटहरु विक्री भैरहेको छ ।


क्लिकमान्डु