दशैंका लागि टिकट २२ गतेदेखि खुल्ला हुने, छतमा यात्रा गर्न नपाइने




काठमाडौं । यातायात व्यवस्था विभागले दशैंका लागि आगामि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा घर जाने वातावरण निर्माणका लागि विभागले अग्रिम टिकट बुकिङ खुलाएको हो ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच दशैंका लागि भदौ २२ गते अग्रिम टिकट बुकिङ खुल्ला विषयमा सहमति भएको हो ।

केही दिन अघिदेखि विभाग र यातायात व्यवसायीबीच चल्दै आएको अग्रिम बुकिङ खोल्ने र छत राख्ने विषयको विवाद शुक्रबार आएर निणयमा पुगेको हो ।

२०७३ असोज ११ गतेदेखि छत राख्न निषेध गरिएको विषयमा यातायात व्यवायीहरुको चर्को दवाब परेपछि यातायात विभागले छत राख्ने निणय गरेको थियो ।

यात्रुहरुले २० केजीभन्दा बढी सामान लगेमा वा सवारीले नै छतमाथि मान्छे राखेमा जरिवाना सहित आवश्यक कारबाही गर्ने यातायात व्यवस्थानका महानिर्देशक रुपनारायण भट्टराइले बताए ।

टिकट बुकिङ सुरु भएको दिनदेखि नै काटिने हरेक टिकटमा यात्रुको नाम, ठेगाना तथा सामानको तौल पनि राख्नु पर्ने महानगरी ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं डीआईजी सर्वेन्द्र खनालले बताए ।

यस्तै, यात्रुवाहनको सुरक्षा तथा यातायाग व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष डोलराज खनालले दशैंमा घर जाने यात्रुहरुले २० केजीसम्मको सामान लान पाउने बताएका छन् ।

आजको बैठमा सवारी साधानले कती भाडा लिने भन्ने विषय भने टुङगो लाग्न सकेको छैन । भाडाको विषयमा आउँदो हप्ता भित्र सूचना निकाल्ने यातायात विभागले तयारी गरेको छ ।


क्लिकमान्डु