दशै आयोः यी हुन् लेटेस्ट र स्टाइलिस् कपडा पाइने ठाँउहरु




काठमाडौं । के तपाइ दशैमा राम्रो र स्टाइलिस् कपडा किन्न कहाँ जाने भन्ने चिन्तामा हुनुहुन्छ ? त्यसो भए चिन्ता नगर्नुस् । दशैकै लागि भनेर काठमाडौं भित्र रहेका विभिन्न पसलहरुमा थुप्रै डिजाइका कपडाहरु भित्रिएका छन् ।

तपाइ दशैको लागि राम्रो डिजाइनको लेहेङगा, गाउन, सारी तथा कुर्था किन्न चाहनु हुन्छ भने विश्व ज्योतीमल भित्र रहेको अमेयाज डिजाइनर स्टुडियोमा जान सक्नु हुनेछ ।

यहाँ ३० देखि ५० प्रतिशतसम्मको छुट राखिएको छ । व्यापारी लिभ्या प्रभा झाका अनुसार यहाँ ४ हजार रुपैैयाँदेखि ३ लाख रुपैयाँसम्मका राम्रा राम्रा डिजाइनका लेहेङगा, गाउन, सारी तथा कुर्थाहरु विक्रीका लागि राखिएको छ । यहाँ अडर अनुसार कपडाहरुको डिजाइन गरिने गरिन्छ ।

यस्तै, सिटी सेन्टर भित्र रहेको स्पाइस शपमा भने बाइ वान गेट वान फ्रि अफर राखिएको छ । स्फाइसकी कर्मचारी मिना सुनुवारका अनुसार यहाँ २ हजार रुपैयाँदेखि १ हजार ५ सयसम्मका कपडाहरु राखिएको छ । यस पसलमा २ हजार ९ सय ९० रुपैयाँदेखि ४ हजार ८ सय ९० रुपैयाँसम्म पर्ने ब्यागहरु पाइन्छ ।

ब्यापारी राम श्रेष्ठका अनुसार यहाँ १ हजार ५ सय रुपैयाँदेखि ४ हजार २ सय ९० रुपैयाँसम्मका लेडिज जुताहरु राखिएको छ । यस्तै १ हजार रुपैयाँदेखि ३ हजार ८ सय ३९ रुपैयाँसम्मको लेडिज कपडाहरु पनि बिक्री भइरहेको छ ।

 

यस्तै ७० प्रतिशतसम्म छुट राखिएको पसल रे मोनडे सपमा ५ सयदेखि ५ हजारसम्मका ब्याग तथा जुताहरु बिक्रिका लागि राखिएको छ । वाच एण्ड सि सपमा भने २५ प्रतिशतदेखि ४० प्रतिशतसम्मको छुट राखिएको छ ।


क्लिकमान्डु