इम्बोस्ड नम्बर प्लेट जडान सुरु




काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कामको सुरुवात गरेको छ ।

बुधबार यातायात व्यवस्था विभाग बागमती साना ठूला सवारीमा एक कार्यक्रमका बीच इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कामको थालनी गरिएको हो ।

यातायात व्यवस्था विभागको ५ वटा सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरि नम्बर प्लेट जडान गर्ने कामको थालनी गरिएको छ ।

पहिलो नम्बोस्ड नम्बर यातायात व्यवस्था विभागका महानिर्देशकले प्रयोग गर्ने सवारी साधनमा बी.ए.ए. ०१०१ नम्बर प्लेट राखिएको छ । साथै, विभागका अन्य ४ वटा सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ ।

बुधबारबाटै इम्बोस्ड नम्बर प्लेटका लागि अनलाइन फारम खुल्ला गरिएको साना ठूला सवारी प्रम्ुख बसन्त अधिकारीले जानकारी दिए ।


क्लिकमान्डु