सारडा ग्रुपको पायोनियर मोटोकर्प निसानको आधिकारिक बिक्रेता



काठमाडौं । पायोनियर मोटोकर्पलाई नेपालको लागी निसान गाडीको आधिकारिक बिक्रेता नियुक्त भएको छ ।

हालै उक्त कम्पनीले निसान मोटर्स कर्पोरेसन, जापानसंग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता अन्तर्गत पायोनियर मोटोकर्पले जापान, थाइलैंड तथा भारतमा निर्मित निसानका उत्पादनहरु आयात गर्नेछ ।

यो अवसरमा कम्पनीले नयाँ माइक्रा एक्टिभ र सन्नी डिजेलको विक्रीको शुरुवात गरेको छ ।

निसान माइक्रा एक्टिभ १.२ लिटर पेट्रोल इन्जिन सहितको आकर्षक गाडी हो । शानदार बनावटका साथै यसमा उपलब्ध सुबिधाहरु प्नि अन्तर्राष्ट्रिय स्तरका छन् ।

स्टीरीङ्गमा अडियो कन्ट्रोल, ब्लुुटुथ सुबिधा, चालकको सिटको उचाई मिलाउने सुविधाका साथै यसमा रहेका एयरब्यागले सुरक्षाको सही प्रत्याभूति गराउँछ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा यो गाडी आजको स्मार्ट युवा पुस्तालाई लक्षित गरिएको छ ।

यो गाडी माइक्रा स्टिभ एक्सएलको मूल्य २३ लाख ९९ हजार था माइक्रा स्टिभ एक्सभिको मूल्य २६ लाख ९९ हजार रहेको छ ।


क्लिकमान्डु