प्रतिस्प्रर्धामा तीन मोटरसाइकल जिक्सर, हर्नेट र एफजेडएस, कसको बिशेषता के ?



काठमाडौं । नाडा अटो शो २०१७ मा सवैभन्दा बढी युवापुस्ताको आर्कषण तीन मोडल का बाइकमा देखिएको छ । नयाँ पुस्ताका लोकप्रिय सुजुकी जिक्सर, होन्डाको सिबी हर्नेट र यामाहा एफजेडएस बाइकमा सवैको आर्कषण देखिएको छ ।

नेपाली उपभोक्तामाझ १५० देखि १६० सीसीको बाइकहरु निकै लोकप्रिय रहेको देखिन्छ । औषत मूल्य, उच्च माइलेज, पावरफुल, स्टाइलिस लगायतका गुणले भरिपूर्ण हुने हुँदा उक्त सेगमेन्टका बाइकहरु यूवाहरु तानिएका हुन् ।

पछिल्लो समय यो सेगमेन्टका बाइक महंगा बाइककै डिजाइनमा भित्रिन थालेका छन् । यो सेगमेन्टका मोटरसाइकलको कुल व्यापारमा २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने दाबी कम्पनीले गर्दछन् । नेपालमा उपलब्ध अधिकांश ब्रान्डले यो सेगमेन्टका बाइकहरु भित्राएका छन् ।

यामाहाले विगतका वर्ष देखिनै ल्याएको एफजेडएस मोडलको युवा पुस्तामाझ लोकप्रिय बन्दै गएपछि दुई वर्ष अगाडी सुजुकी जिक्सर मोडल सार्वजनिक भएको थियो । भने एकवर्ष अगाडी होन्डको सिबी हर्नेट सार्वजनिक गरेको छ । तीन मोडलले विश्वभर प्रतिस्प्रर्धा गरीरहेको वेला नेपाली बजार समेत एकवर्ष देखि तताएको छ ।

तीन वटै मोडलहरु स्टाइलिस, राम्रो परफरमेन्स, राम्रो माइलेज र पिकअपको साथै मध्यम खालको बजेटका कारण पनि विशेष लोकप्रिय बनेका छन् । खासगरी कलेज पढ्ने विद्यार्थीको साथै रोजगारीमा संग्लनको लागि पनि विशेष महत्व राख्दछ ।

मोटरसाइकलमा १ सय ५० सीसी देखि १ सय ६० सीसी इन्जिन क्षमताको कारणले तेल धेरै दिनुका साथै शहरी इलाका र ग्रामीण भेगमा समेत मोटरसाइकलको छुट्टै महत्व रहेको छ ।

झन्डै उस्तै छन विशेषता

टाइप होन्ड सिबी हर्नेट सुजुकी जिक्सर यामाह एफजेडएस
इन्जिन टाइप एयर-कुलेड एयर-कुलेड एयर-कुलेड
इन्जिन क्षमता १६० सीसी १५४.९ सीसी १४९ सीसी
गिएर बक्स ५ स्पीड ५ स्पीड  ५ स्पीड
ब्रेक फ्रन्ट २७६ एमएम डिस्क २६६ एमएम डिस्क २६७ डिस्क
ब्रेक रियर २२०एमएम डिस्क १३० एमएम ड्रम १३० ड्रम
टायर फ्रन्ट १००÷८०–१७ ट्युबलेस १००÷८०–१७ ट्युबलेस १००÷८०–१७ ट्युबलेस
टायर रियर १४०÷८०–१७ ट्युबलेस १४०÷८०–१७ ट्युबलेस १४०÷८०–१७ ट्युबलेस
ट्यांकी क्षमता १२ लिटर १२ लिटर १२ लिटर
ह्विलबेस १३४५ एमएम १३३० एमएम १३३० एमएम
मूल्य २ लाख ६५ हजार ९ सय रुपैयाँ २ लाख ६५ हजार ९ सय रुपैयाँ २ लाख ५६ हजार ९ सय रुपैयाँ

होन्डको सिबी हर्नेट

होन्डा बाइकको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा नयाँ बाइक सिबी हर्नेट १६० आर एकवर्ष अगाडी देखि मात्र बिक्री सुरु गरेको हो ।

नयाँ सिबी हर्नेट १६० आर आफ्नो एग्रेसिभ स्टाइलिङ र पर्फमेन्सका साथ आएको छ । एग्रेसिभ स्टाइलिङ, सार्प हेडल्याम्प्स, मस्कुलर फ्युल ट्यांकका साथै एक्स आकारको एलईडी टेल ल्याम्प्सका कारण यसको लुक्स नै फरक देखिएको छ ।

विशेष गरी यसको फ्युल ट्यांकको डिजाइनका कारण धेरैको रोजाइमा पर्ने गरेको छ । यसको एक्स आकारको टेल ल्याम्पका कारण पछाडिबाट हेर्दा समेत स्टाइलिस देखिएको छ ।

यसमा डिस्क ब्रेक, एलोई ह्विल र इलेक्ट्रिक स्टार्ट जस्ता विभिन्न विशेषता समेत उपलब्ध छन् । ट्यांकी क्षमता १२ लिटर रहेको छ । नेपालमा यसको मूल्य २ लाख ६५ हजार ९ सय रुपैयाँ रहेको छ ।

सुजुकीको जिक्सर

भीजी अटोमोबाइल्सले सार्वजनिक गरेको फुलफेर्ड सुजुकी जिक्सर एसएफ बाइक नेपाली उपभोक्तामाझ चर्चामा छ । १ सय ५५ सीसी क्षमताको यो बाइकलाई स्ट्रिट स्पोटर््स बाइक हो ।

स्टाइलिश लूक्स र स्पोर्टी बनावट भएको बाइकले उत्कृष्ट माइलेज समेत दिने कम्पनीको दाबी छ । यो बाइक विश्वप्रसिद्घ हायाबुसा, जिक्सर एक्सआर र मोटो जीपी मेशिनको निर्माण प्रविधिको प्रयोग गरी उत्पादन गरिएको हो । विण्ड प्रोटेक्शन तथा टर्बुलेन्स र ड्र्याग प्रतिरोधात्मक डिजाइनमा तयार गरिएको यो बाइकमा उत्कृष्ट एरोडाइनामिक इफिसियन्सी रहेको छ ।

मेटालिक ट्रिटन ब्लू, पर्ल मिराज ह्वाइट र ग्लास स्पार्कल ब्ल्याक गरी तीन भिन्न रङमा यो बाइक बजारमा उपलब्ध छ । नयाँ जिक्सर एसएफको सीमित (लिमिटेड एडिशन) मोटो जीपी संस्करण पनि बजारमा आएको छ ।

झट्ट हेर्दा स्पोर्टी लूक्स दिने यो बाइकको डिजाइन जीएसएक्स १००० आर सिरिजबाट प्रेरित रहेको देखिन्छ । नेपाली सडकमा यो बाइकले औसत ६५ किमी प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा स्मार्ट डिजिटल मिटर, एलईडी टेल ल्याम्प, मोनो सकलगायत प्रविधिको प्रयोग गरिएको छ ।

यसमा जीएसएक्सआर र मोटोजीपीमा प्रयोग गरिएकोे विण्ड टनेल प्रविधिको प्रयोग गरिएको छ । यसले चालकलाई हावाबाट बचाउन मद्दत गर्छ । साथै, बाइक घिस्रिएको बेला चालकलाई सुरक्षासमेत प्रदान गर्छ ।

सुजुकीले बाइकमा एड्भान्स सिङ्गल सिलिण्डर इञ्जिन र एसईपी (सुजुकी इको पर्पmर्मेन्स) प्रविधिको प्रयोग गरेको छ । कम्पनीका अनुसार यस प्रविधिले इन्धनको खपतमा कमी ल्यानुका साथै बाइकको माइलेज बढाउन मद्दत गर्छ ।

एसईपी प्रविधियुक्त हलुका तर मजबूत इञ्जिनले थोरै पेट्रोलमा धेरै शक्ति प्रदान गर्छ । ५ गियर भएको बाइकमा १२ लिटर इन्धन सञ्चय क्षमताको ट्यांकी छ । यसको मुल्य २ लाख ६५ हजार ९ सय देखि २ लाख ९२ हजार ९ सय रुपैयाँ सम्म रहेको छ ।

यामाहा एफजेडएस

विगत लामो समय देखि यामाह यामाहाको एफजेडएस मोडलको बिक्री गरिरहेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमए डब्लुले यामाहाको एफजेडएस एफआई भर्सन २ र एफजेड एफआई भर्सन २, एफजेडएस १६ एफआइई भर्सन मोटरसाइकल नेपाली बजारमा बिक्री गरिरहेको छ । एफजेडएस मोटरसाइकल १ सय ४९ सीसीका हुन् । एफजेडएस एफआईको स्पेसल इडिसनको मूल्य २ लाख ६९ हजार ४ सय तथा एफजेड एफआईको २ लाख ५६ हजार ९ सय तोकिएको छ ।

मोटरसाइकलमा ब्लु कोर फ्यूल इन्जेक्टेड इन्जिन रहेको छ । यो प्रविधि यामाहाको नेक्स्ट जेनेरेशन इन्जिन टेक्नोलोजीमा आधारित रहेको छ । यो मोटरसाइकल पिकअप र आरामदायी यात्राका लागि उपयुक्त रहेको छ ।

एफजेडएस एफआई भर्सन दुई मोटरसाइकल विभिन्न चार रंगमा तथा एफजेड एफआई दुई रंगमा उपलब्ध रहेको छ । यो बाइक अफरोडमा समेत राम्रोसँग कुदाउन सकिन्छ । यो सेगमेन्टका बाइकमा डिजीटल डिस्प्ले, अटो अनअफ, डिसब्रेक लगायत धेरै सुविधाहरु हुन्छन । बाइकको ट्यांकी क्षमता १२ लिटरको रहेको छ ।


क्लिकमान्डु