नेपाल टेलिभिजनमा २६ जनाको लागि जागिर खुल्यो




काठमाडौं । नेपाल टेलिभिजनले बिभिन्न पदमा २६ जना कर्मचारी माग गरेको छ । उसले अंग्रेजी समाचार वाचक तथा रिर्पोटरमा ६ जना माग गरेको छ । त्यसैगरी नेपाली समाचार वाचक तथा रिर्पोटरमा १४ जना र कार्यक्रम निर्माता तथा प्रस्तोता ६ जना माग गरेको हो ।

अंग्रेजी समाचार वाचक तथा रिर्पोटरमा आबेदन दिन चाहने व्यक्तीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । साथै, २१ बर्ष पुराभई ३५ बर्ष ननाघेको हुनुपर्ने छ । प्रयोगात्मक र अन्र्तवाता दुबै प्रक्रियाबाट छनोट गरिने टेलिभिजनले प्रकाशित गरेको सूचनामा जनाइएको छ । आबेदन शुल्क १०००। राखिएको छ ।

नेपाली समाचार वाचक तथा रिर्पोटरमा आबेदन दिने व्यक्ती प्रबिणता प्रमाणपत्र तह उत्तिर्ण गरेको भए हुनेछ । प्रयोगात्मक र अन्र्तवाता दुबै प्रक्रियाबाट छनोट गरिने जनाइएको छ । आबेदन शुल्क ५००। राखिएको छ ।

कार्यक्रम निर्माता तथा प्रस्तोतामा आबेदन दिने व्यक्तीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । प्रयोगात्मक र अन्र्तवाता दुबै प्रक्रियाबाट छनोट गरिने जनाइएको छ । आबेदन शुल्क १०००। राखिएको छ ।

यसकोलागी आबेदन फाराम भदौ २९ गते भित्र नेपाल टेलिभिजनको व्यापार महाशाखा भद्रकाली प्लाजामा पुग्नेगरी आबेदन दिन सकिने टेलिभिनले जनाएको छ ।

फारम नेपाल टेलिभिजनको www.ntv.org.np बाट डाउनलोड गर्न सकिन्छ ।


क्लिकमान्डु