दशैं तिहारका लागि ‘रेनो डबल उत्सब’



 

काठमाडा । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबिल (विशाल समूहको सहायक),ले विशेष उत्सव अफर ‘रेनो डबल उत्सव’ सार्बजनिक गरेको छ । दशैं तिहारलाई लक्षित गर्दै रेनो डबल उत्सब सार्वजनिक गरिएको हो ।

रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित आएको छ । जसले रेनो ग्राहकहरुलाई डबल फाइदा दिन्छ । स्योर शट नगद पुरस्कार र १ वर्षको निशुल्क इन्धन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो उत्सवमय अफरको एउटा भागको रुपमा, रेनो कार खरिद गर्दा ग्राहकहरुले सिधै ३ लाख रुपैयाँसम्मको स्योर शट नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसका साथै स्क्र्याच कुपन मार्फत ३ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

यस अतिरिक्त, यो अभियानले रेनो कार खरिद गर्दा १ वर्षसम्मको निशुल्क इन्धन उपलब्ध गराउने छ । १ वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिंगको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेण्टी र एक्सचेन्ज सुविधा छ । यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको छ ।


क्लिकमान्डु