आइसक्रिम उद्योगमा सिलबन्दी



काठमाडौं । भक्तपुरको लक्ष्मी फूड प्रोडक्स (आइसक्रिम) उद्योगमा सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तर जिल्ला प्रशासन कार्यालय, भक्तपुरको संयुक्त टोलीले उद्योगमा सिलबन्दी गरेको हो ।

फोहोरबाट दुर्गन्ध फैलिएको अवस्थामा आइसक्रिम उत्पादन गरिरहेको पाइएकाले उद्योगमा सिलबन्दी गर्नु परेको विभागका सह प्रवक्त मदनकुमार चापागाईले जानकारी दिए ।

साथै, उत्पादन स्थलमा मुसाले माटो थुपारेको छ । विभागले कारखानालाई सिलबन्दी गरी खाद्य ऐन बमोजिम कारबाहि अगाडि बढाएको उनले जानकारी दिए ।


पुष्प दुलाल