इन्ट्री लेभल कारमा यी दुई ब्राण्डबीच कडा टक्कर, तपाईँको रोजाई कुन ?




काठमाडौं । कार किन्ने सपना सबैको हुन सक्छ । यद्यपि थोरै बजेटमा राम्रो फिचर भएको कार किन्नु सबैका लागि लाभदायक हुन सक्छ । नेपालमा पनि यस्ता कार उपलब्ध छन् ।

इन्ट्री लेभलका कार भनिने यी कार किन्दा पहिलो कार तपाईंका लागि सानदार हुनसक्छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको बिक्रीमा रहेको हुन्डाईको इओन र सिजी अटो मोबाइल्स प्रालिको बिक्रीमा रहेको मारुती सुजुकी अल्टो-८०० को प्रतिस्पर्धा चर्को छ । पछिल्लो समय हुन्डाईको इओन पनि ट्याक्सीको रुपमा बिक्री हुन थालेपछि झनै इओन र अल्टोको प्रतिस्पर्धा बढ्दै गएको छ ।

इओन भर्सेस अल्टो८००

सूचक इओन अल्टो-८००
बडी टाइप ह्याचव्याक ह्याचव्याक
ट्यांकी क्षमता ३२ लिटर ३५ लिटर
ग्राउन्ड क्लियररेन्स १७० एमएम १६० एमएम
उचाई १५०० एमएम १४७५ एमएम
तौल ७९५ केजी ७२० केजी
लम्बाई ३४९५ एमएम ३३९५ एमएम
मूल्य १६ लाख ९६ हजार १६ लाख ४९ हजार

हुन्डाई इओन

स्टाइलिस लुक्स र आरामदायी तथा बजेट फ्रेन्ड्ली कारको रुपमा हुन्डाई इओन उपयुक्त छ । १७० मिमी ग्राउण्ड क्लियरेन्स, ५६ पिएसको उच्चतम् पावर, न्युनतम मर्मत खर्च, सर्वसुलभ उपलब्ध पार्टपुर्जा र उच्चतम् माइलेज जस्ता विशेषता भएको हुन्डाइ इओनले पहिले नै अटोमोबाइल व्यवसायमा आफ्नो छाप बनाएको छ ।

इओनमा आरामदायी क्याविन, इलेक्ट्रिक पावर स्टेयरिङ, प्रिमियम ड्यासबोर्ड, एअर कन्डिसनर र पर्याप्त डिकि स्पेस छ जसले आरामदायी ड्राइभिङको अनुभुति दिन्छ । यसको मूल्य १६ लाख ९६ हजार देखि १८ लाख ९६ हजार रुपैयाँ सम्म पर्दछ ।

मारुती सुजुकी अल्टो-८००

नेपाल मात्र होइन, भारतमा पनि मारुती सुजुकीको अल्टो ८०० धेरै बिक्री हुने कार मानिन्छ । नेपालमा यो कारलाई ट्याक्सीको रुपमा पनि प्रयोग गरिएको छ । यो धेरै किफायती र भरोसायुक्त कार मानिन्छ ।

व्यवहारिकतालाई ध्यानमा राखेर यो कारको निर्माण गरिएको छ । नेपालमा अल्टो ८०० को १६ लाख ४९ हजार रुपैयाँ एलएक्सआईको मूल्य १७ लाख २९ हजार रुपैयाँ छ ।


क्लिकमान्डु