सानिमा बैंक र पाटन हस्पिटलबीच आर्थिक सहयोग गर्ने सम्झौता



काठमाडौं । सानिमा बैंक र पाटन हस्पिटलबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार रुपैयाँसम्म एक पटकका लागि नबढ्ने गरी सहयोग उपलब्घ गराउनेछ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक १ रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । र, उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटलसँग यो सम्झौता गरेको हो ।

उक्त सम्झौतामा सानिमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फ बाट हस्पिटल निर्देशक डा. बिष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।


पुष्प दुलाल