आईएमई मोटर्सले ल्यायो स्कुल बस, अटो शोमा बुकिङ गर्न सकिने



काठमाडौं । नाडा अटो शो २०७४ मा आईएमई मोटर्सले अशोक लेलैण्ड ब्राण्डका स्कुल बस को प्रर्दशनी गर्ने भएकोे छ । यस अटो शोमा सनसाइन स्कुल बस प्रर्दशनीमा राख्ने भएको हो ।

अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्टअन्तर्गतको नयाँ गाडी सनसाइन स्कुल बसकोे इलेक्ट्रोनिक स्पिड लिमिटर, इमर्जेन्सी एक्जिट, एन्टी स्किड फ्लकरिङ्ग, , फायर रेटर्डेण्ट इन्टेरियर, फस्ट एड बक्स, डोर ओपन अलार्म आदी बिशेषता रहेका छन् ।

नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु पाइने जानकारी कम्पनीले दिएको छ ।


क्लिकमान्डु