सि.जी. ब्राण्डका दुर्इ मोडलका नयाँ वासिङ्ग मेसिनहरु बजारमा



काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. ले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ ।

सो वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजी मा १२०० आरपीएम र १४०० आरपीएममा उपलब्ध छन् । लुगा राख्न सजिलो पार्न ठुलो ढोका र ठूलो एलईडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै आकर्षक देखिने कम्पनीले जनाएको छ ।

यसको मूख्य यूपीएस भनेको वारट म्याजिक क्यूब हो । जस अन्तर्गत सूपर ‘एस’ विंग्स र वाटर क्यूब ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिन भन्दा ३३% कम पानीको खपत गर्ने कम्पनीको दाबी छ ।


क्लिकमान्डु