मोटरसाइकलमा प्रतिस्पर्धी सिबी साइन, सुपर स्पेल्न्डर र डिस्कभर-१२५, यस्तो छ विशेषता ?




काठमाडौं । नेपालमा अहिले दुईपांग्रे सवारीसाधन प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै छ । सहजताका लागि मोटरसाइकलको प्रयोग बढ्दै गएका कारण अहिले यो शोख भन्दा पनि आवश्यकता बनिसकेको छ ।

नेपालमा सदावहार प्रतिस्पर्धी मोटरसाइकलको परिचय बनेका १ सय २५ सीसी क्षमताका मोटरसाइकल होन्डाको सिबी साइन, हिरोको सुपर स्पेल्न्डर र बजाजको डिस्कभर–१२५ रहेका छन् ।

नेपालमा थुप्रै कम्पनीका मोटरसाइकल पाइने भएपनि हिरो, होण्डा, यामाहा, टिभिएस, बजाज, सुजुकीले आफ्नो बलियो स्थान बनाउन सफल भएका छन् ।

हरेक उमेरका मानिसको लागि कम्पनीहरुले मोटरसाइकल उपलब्ध गराएका छन । बजारमा यी कम्पनीका सस्ता, धेरै माइलेज दिनेदेखि लिएर धेरै इन्जिन पावर भएका र महंगा मोटरसाइकल पनि उपलब्ध छन् ।

उपभोक्ताले आफ्नो दैनिक काम र इच्छाअनुसार आफूलाई सुहाउने मोटरसाइकल खरिद गर्छन । नेपालमा सदावहार मोटरसाइकलको रुपमा १२५ सिसी क्षमताका मोटरसाइल रहेका छन् । जुन विशेषगरी कामकाजीहरुले बढी मात्रमा प्रयोग गर्दछन ।

माइलेज, मुल्य, क्षमता र टिकाउको हिसावले पनि उक्त सेगमेन्टका बाइकहरु बढी प्रयोगमा आउने गरेका छन । जसमा हाल तीन कम्पनी होन्डाको साइन सिबी, हिरोको सुपर स्पेल्न्डर र बजाजको डिस्कभर १२५ धेरै विक्रीहुने र प्रयोग हुने मोटरसाइकलमा पर्दछन । उक्त तीन ब्रान्डको सेवा सुविधा देखि बिक्रीमा समेत प्रतिस्प्रर्धा हुने गरेको छ ।

यसअघि पनि यामाहको ग्ल्याडियटर, वाइविआर तथा अन्य कम्पनीका मोटरसाइकल पनि सोही सेगमेन्ट उपझोक्ताले विशेष रुची राख्दै आएका छन । सरकारी कर्मचारी देखि निजी क्षेत्रमा कार्यरत तथा व्यवसाय संचालन गर्नेहरु प्रायः यही सेगमेन्टका मोटरसाइकल प्रयोग गर्दछन् ।

‘नेपालमा १२५ सिसी सेगमेन्टका बाइक मुख्य गरी कामकाजीहरुले प्रयोग गर्दछन, जुन सस्तो र माइलेज तथा बाटोको लागि उपयुक्त रहेको छ,’ हिरो मोटरसाइकलको लागि नेपालका अधिकृत विक्रेता जनरल मोटरर्सका प्रवन्ध निर्देशक अभिक ज्योतिले भने ।

हिरोको सुपर स्पेल्न्डर

हिरो कम्पनीको सबैभन्दा बढी विक्री हुने मोटरसाइकल ‘सुपर स्पेल्न्डर’ हो । सुपर स्पेल्न्डर निकै रुचाइएको मोटरसाइकल भएको ज्योति बताउँछन । बाटो, माइलेजको हिसाबले र सबै उमेरका मानिसलाई सुहाउने भएकाले सुपर स्प्लेन्डर बढी रुचाइएको हो । १ लाख ६८ हजार ५ सय रुपैयाँ पर्ने उक्त मोटरसाइकल धेरै भर्सनमा रहेका छन ।

१३ लिटरको ट्यांकी क्षमता, ग्राउन्ड क्लिरेन्स १५० एमएम रहेको छ । जसका कारण कच्ची सडकमा पनि सजिलै गुडाउन सकिन्छ । बाइकको तौल १ सय २१ केजी रहेको छ । भने उचाई ७ सय ३५ एमएम रहेको छ । त्यस्तैगरी १ हजार ९ सय ९५ एमएम लम्बाई रहेको छ । मोडलमा राम्रो पिकअप, आकर्षक डिजाइन र रङ भएकाले पनि यो लोकप्रिय बन्न पुगेको छ । जसको प्रतिस्प्रर्धी मोडल र ब्रान्ड भनेको बजाजको डिस्कभर १२५ र होन्डा साइन रहेको छ ।

होन्डाको सिबी साईन

सिबी साइन नेपालमा पनि धेरै रुचाइएको मोटरसाइकल हो । ज्योती समुहको स्याकार कम्पनीले यो मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ । नेपाली बजारमा यसको मुल्य एक लाख ८७ हजार ९ सय रुपैयाँ पर्दछ । बाइकको जम्ममा तौल १ सय २१ केजी रहेको छ । भने ट्यांकी क्षमता १०.५ लिटरको रहेको छ । त्यस्तैगरी ग्राउन्ड क्लियरेन्स १ सय ५७ एमएम उचाईरहेको छ ।

टायरको साइज १२६६ एमएम रहेको छ । बाइकको उचाई ७६२ एमएम रहेकोले सवै उचाई कम भएका मानिसको लागि पनि चलाउन सहज हुने गर्दछ ।
ग्राहकको बदलिँदो रुचीका आधारमा आफ्नो लोकप्रिय ब्राण्ड साइनको मोडल परिवर्तन समेत गरेको छ । नयाँ सिबी साइन किक ड्रम स्पोक, सेल्फ ड्रम र सेल्फ डिस्क गरि तीन संस्करणमा उपलब्ध छ । सन् २००६ मा पहिलो पटक बजारमा आएको थियो ।

बजाजको डिस्कभर-१२५

बजाजको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजले–१२५ सीसीको नयाँ डिस्कभर बिक्री गर्दै आएको छ । बजाजको आफ्नै ४–भल्भ डीटीएस–आई प्रविधि प्रयोग गरिएको यो बाइकले ११.५ पीएसको प्रभावशाली पावरसहित प्रतिलिटर ७६ किलोमिटर माइलेज दिने समेत कम्पनीको दावी छ ।

नेपाली बजारमा बाइकको मुल्य १ लाख ८१ हजार ९ सय रुपैयाँ रहेको छ । डिस्कभरको नेपाली बजारमा प्रतिस्प्रर्धी भनेको होन्डको साइन र हिरोको सुपर स्पेलन्डर रहेको छ । बाइको १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । ८ लिटरको ट्यांकी क्षमता रहेको छ ।

त्यस्तैगरी टायर १ हजार ३ सय ५ एमएम साइज रहेको छ । बाइकको तौल ११८.५ केजी रहेको छ । विगत लामो समय देखि कम्पनी उक्त मोडलको बाइक नेपालमा बिक्री गर्दै आएको छ । हाल नयाँ संस्करणमा ऊक्त डिस्कभरको बिक्री गरिरहेको छ ।


क्लिकमान्डु