बहुप्रतिक्षित ‘यामाहा टी ७’ कहिले आउने भन्ने सस्पेन्स कायमै



काठमाडौं । जापानी मोटरसाइकल उत्पादक कम्पनी यामाहाले केही दिन अगाडी एक भिडियो रिलिज गरेको थियो । जसमा उसले ल्याउन लागेको नयाँ उत्पादन ‘यामाहा टी ७’ को एनिमेटेड भिडियो थियो । जसले संसारभरका अटो समिक्षक र यामाहा प्रेमीहरुलाई खुसी बनाएको थियो ।

जसमा उसले डट वाईक सेप्टेम्बर ६ मा लञ्चगर्ने जनाएको थियो । अब यो बाईक तत्काल नआउने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । यो बाइक यामाहाले ल्याउने घोषणा २०१६ मा गर्दै नमुनाको रुपमा देखाएको थियो । यस बाईकको प्रतिक्षा धेरैले गरेका छन् ।

यस बिषयमा यामाहाले आधिकारीक जानकारी नदिएपनि ‘यामाहा टी ७’ यहि सेप्टेम्बर ६ मा नआउने पक्का भएको छ ।


क्लिकमान्डु