यसरी बढ्दैछ नाडा ‘अटो शो’ को क्रेज, कहिले कति कम्पनी सहभागी थिए ?




काठमाडौं । नेपालमा सवारीको इतिहास लामो छैन । राणाहरुले आफ्नो सौखिनताका लागि गाडी बोकाएर ल्याएका थिए । त्यसपछि बाटोको विस्तार बढेसंगै सवारी आयात बढ्न थालेको हो ।

सवारीको आयात बढेसंगै सवारी उत्पादक कम्पनीहरुले नेपालमा आधिकारिक बिक्रेता तोकेर नै सवारी बिक्री थालेका हुन् । यसरी सवारी बिक्री हुने क्रम बढेसंगै सवारी बिक्रेताहरुको संस्था स्थापना भयो । २०३२ साल अटोमोबाइल एसोसिएस अफ नेपाल स्थापना भएको थियो । २०६१/६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) भयो ।

नाडा अटो शो भने सन् १९९८ देखि सुरु भएको थियो, त्यो वर्ष २६ प्रदर्शकहरु सहभागी थिए । त्यस पछिका केही वर्ष दुई वर्षमा एक पटक अटो शो हुँदै आएको थियो ।

अटोमोबाइल व्यवसाय प्रवद्र्धनमा थप टेवा पुगोस र उपभोक्ताले एकै ठाउँमा धेरै सवारी बारे जानकारी पाउन भन्ने उद्देश्यले अटो शो गर्दै आएको छ । २०७२ मा उक्त संस्थाले आफ्नो नाम पुनः परिवर्तन गरि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल बनायो ।

पहिलो अटो शो
मिति : ५-८ नोमेम्बर १९९८
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी २६

दोस्रो
मिति २२-२६ नोमेम्बर २०००
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ३१

तेस्रो
मिति : १८-२२ फेब्रुअरी २००४
स्थान : विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ६२

चौथो
मिति : २७ सेप्टेक्बर-१ आक्टोबर २००७
स्थान : विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ४३

पाँचौं
मिति : २८ अगस्ट-१ सेप्टेम्बर २००९
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ३२

छैटौं
मिति : ७-११ सेप्टेम्बर २०११
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ३८

सातौं
मिति : १९-२३ सेप्टेम्बर २०१२
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ५५

आठौं
मिति : ११-१५ सेप्टेम्बर २०१३
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागी कम्पनी : ४०

नवौं
मिति : ३-८ सेप्टेम्बर २०१४
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सकभागि कम्पनी : ५०

दशौं
मिति : १५-२० सेप्टेम्बर २०१५
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागी कम्पनी : ६५

एघारौं
मिति : ३० अगस्ट-४ सेप्टेम्बर २०१६
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनी : ७४

बाह्रौं (यो वर्ष)
मिति : २९ अगस्ट-३ सेप्टेम्बर २०१७
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनी : ८३


क्लिकमान्डु