एलजीले ल्यायो लामखुट्टे भगाउने टेलिभिजन




काडमाडौं । एलजीले लामखुट्टेबाट बचाउने टेलिभिजन बजारमा ल्याएको छ । यो टेलिभिजनमा आएको नयाँ प्रविधी भएको कम्पनीले जनाएको छ ।

हामीले सास फेर्दा हावामा फ्याक्ने कार्बन्डाईअक्साइड महसुस हुनासाथ लामखुट्टेहरु हामीप्रति आकर्षित हुन्छन् । तर, लामखुट्टे भगाउने टेलिभिजनहरुमा ध्वनी सम्बन्धिका उपकरणहरु जडित छन् । जुन चालु हुनासाथ लामखुट्टेको महसुस गर्ने शक्तीलाई अशक्त बनाउछ र लामखुट्टेलाई भगाई तपाईलाई सुरक्षा बनाउँछ, कम्पनीले जारी बिज्ञप्तीमा उल्लेख छ ।

टेलिभिजन चालु रहेको समयमा लामखुट्टे रहित यन्त्र जडित चालुहुन्छन् जसले लामखुट्टेबाट जोगाउछ र अन्य लामखुट्टे रहित साधनहरुको हानिकारक रसायनहरुबाट पनि जोगाउने दाबी कम्पनीको छ ।

टेलिभिजनबाट उत्पन्न हुने ध्वनी तरगंहरुले कुनैपनि विकरणहरु उत्पादन नगर्ने भएकाले योे हानिकारक नभएको कम्पनीको दाबी छ । उक्त ध्वनि नसुनिने, नदेखिने र गन्धहिन हुनुका साथै मानवसंग मिलनसार पनि छ र बैश्विक संस्थाहरुको मापदण्ड बमोझिम पनि पूर्णरुपले सुरक्षित रहेको जनाईएको छ ।

टेलिभिजनलाई स्ट्यान्ड बाइ मोडमा राख्न पनि सकिन्छ जसले यसको कार्यसञ्चालन गराइरहन्छ । यो टिभिजन आश्चर्यचकित गुणका साथै गुणस्तरीय चित्रका लागि एचडी १०८० पिक्सलको ४३ इन्चमा उपलब्ध छ ।

उक्त टेलिभिजनहरुमा स्मार्ट व्रिmकेट एप खेल र अरु थुपै खेलहरु पनि छन्, जुन पहिलेनै जडित छन् र ईन्टरनेटबाट पनि डाउनलोड गर्न सकिन्छ ।


क्लिकमान्डु