ब्यवस्थापन संघ र पीएचडी चेम्बरबीच समझदारी, उद्योग र वाणिज्य क्षेत्रको विकास गर्ने उद्धेश्य



काठमाडौं। नेपाल ब्यवस्थापन संघ र पीएचडी चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज भारतबीच आपसी सहकार्य गर्न समझदारी भएको छ।

पिएचडी चेम्बरले भारतको राजधानी नया दिल्लीमा आयोजना गरेको ‘इन्डो-नेपाल जिएसटी मिट’ कार्यक्रममा सो समझदारी भएको हो।

समझदारी आदानप्रदान गर्ने कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवा पनि उपस्थित थिए।

समझदारीपत्रमा नेपाल ब्यवस्थापन संघका सभापति र्इ सुशिल भट्ट र पीएचडी चेम्बरका अध्यक्ष गोपाल जेवरजकाले हस्ताक्षर गरेका छन्।

उद्योग र वाणिज्य क्षेत्रको विकास, प्रत्यक्ष बैदेशिक लगानी प्रबर्द्धन तथा प्रविधि हस्तान्तरण क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यका साथ समझदारी गरिएको हो।

समझदारी अनुसार दुबै संस्थाहरुले ब्यवसायिक सम्बन्ध स्थापना गरि पारस्परिक सहयोगको आधारमा दुबै मुलुक र संस्था आवद्ध सदस्यहरुलाई प्रत्यक्ष लाभ पुर्याउने क्षत्र पहिचान गरि कार्यक्रमहरु सञ्चालन गर्नेछन् ।


क्लिकमान्डु