अब नेपालीले पनि निजी जेट विमान राख्न पाउने



काठमाडौं । महत्वकांक्षा आखिर सवैका ठूलै हुन्छन् । विश्वमा धेरै व्यापारी, खेलाडी तथा सेलिब्रेटीहरु आफ्नै निजी जेट लिएर भ्रमणमा जाने गर्दछन् ।

नेपालमै आउने कयौ त्यस्ता सेलिब्रेटी तथा व्यापारीहरु निजी जेट लिएर आउने गरेका छन् ।

तर, नेपालीहरुले भने आफ्नै जेट किन्ने हैसियत भएता पनि किन्न पाउने सुविधा थिएन । अव भने सरकारले नयाँ नियमावली मार्फत नेपालीले पनि अब आफ्नै निजी जेट राख्न पाउने व्यवस्था गर्न लागेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्न पाउने व्यवस्था सहितको मस्यौदा तयार पारेको छ । मन्त्रालयले पहिलो पटक ल्याउन लागेको नियमावली कानुन मन्त्रालय पठाउने तयारी गरेको छ ।

नेपालमा निजी विमान राख्न पाउने प्रावधान पहिलो पटक राखिएको हो । नेपालमा पनि निजी जेट विमान तथा हेलिकप्टर खरिद गरेर आफ्नो प्रयोजनमा राख्न पाउने व्यवस्था रहेको थिएन ।

कुनै पनि ठुला व्यापारीहरुले आफ्नै विमान राख्न पाउने छन् । विश्वभर प्रयोगमा रहेको तर नेपालमा अहिलेसम्म यस्तो व्यवस्था नभएकोले निजी जेट प्रयोगमा खुल्ला गर्न खोजिएको मन्त्रालयले जनाएको छ ।

विश्वमा अर्वपतिहरुले निजी जेट, निजी हेलिकप्टर राख्ने गरेका छन् । राज्यको निकायहरु राष्ट्रपति तथा प्रधानमन्त्रीको लागि पनि यो नियमावली कार्यन्वयमा आएमा निजी जेट प्रयोगमा ल्याउन पाउने छन् ।

नेपालमा जेट किन्ने सक्ने अवस्थामा दर्जनौको संख्यामा रहेका छन् । फोव्र्सको सूचीमा रहेका नेपालका एक मात्र अर्वपति विनोद चौधरी सहित केहीले तत्काल निजी जेट किन्ने हैसियतमा रहेका छन् ।

भारतमा मुकेस अम्बानी, राम देव, लक्ष्मी मित्तल, रतन टाटा भारतीय दर्जनौ ठुला व्यापारीहरुसंग आफ्नै निजी जेट रहेको छ । उनीहरुले कामकाज निजी जेट प्रयोग गर्ने गर्दछन् ।

 


क्लिकमान्डु