हिमालयन जनरलको हकप्रद भर्ने आज अन्तिम दिन




काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई दिएको हकप्रद सेयर भर्ने आज शुक्रबार अन्तिम दिन हो । कम्पनीले ६४ लाख २० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।

२०७४ असार २८ गतेबाट बिक्री खुल्ला गरिएको सेयर आज भदौ ९ गते बैंकिङ सयम भित्र बाँकी सेयरधनीले आबेदन दिनसक्ने छन् ।

१ बराबर १.६६६७ को अनुपातमा बिक्री भइरहेको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु