हुन्डाई कार किन्दा ५ लाखसम्म छुट पाइने



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले हुन्डाई फेस्टिवल डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ । योजनाको अवधि भादौ ८ गतेदेखि कार्तिक २६ गतेसम्म लागु हुनेछ ।

योजना अन्तर्गत, ग्राहकहरुले नगद ५ लाख रुपैयाँसम्मको छुट र १ वर्षे निःशुल्क बीमा पाउनेछन् । स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट साथै लक्की–ड्र मार्फत १ सय जनालाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत हुन्डाई इलाइट आई२० एक थान र हुन्डाई एक्ससेन्ट एक थान जित्न सक्ने कम्पनीले जनाएको छ ।

सबै हुन्डाईका कारहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुनेछ ।


क्लिकमान्डु