विश्वज्योती मलमा सुरु भयो फेस्टिभ कार्निभल, ५० प्रतिशतसम्म छुट अफर



काठमाडौं । राजधानीको विश्वज्योती मलमा फेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले भदौ आठ गते बिहीबारदेखि कार्निभल सुरु गरेको हो । कार्निभल अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने छन् ।

भदौ २० गतेसम्म चल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मलले निशुल्क कुपन बितरण गर्ने जनाएको छ । उक्त कुपनबाट मल पुग्ने जो कोहीले पनि गोलाप्रथाबाट साप्ताहिक रुपमा मोबाइल, दैनिक रुपमा सपिङ भौचर तथा लञ्चकुपनका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

त्यसै, गरी लाइभ म्युजिक, फेशन शो तथा गेम शो कार्निभलको आकर्षणका रुपमा रहने छन् । खाने प्रतियोगिता समेत सञ्चालनहुने कार्निभलमाआईसक्रिम, मःम तथा बर्गर खाने प्रतियोगिता पनि सञ्चालन हुनेछ ।

निशुल्क फेस पेन्टिङ, जादु प्रदर्शन तथा हास्य व्यङ्ग्य प्रदर्शनी समेत हुने कार्निभलमापुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने कार्निभलका संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए ।


क्लिकमान्डु