प्रधानमन्त्री देउवालाई भारतले यसरी गर्यो औपचारिक स्वागत(फोटो फिचर)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले आज औपचारिक स्वागत गरेको छ ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रमममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई स्वागत गरे ।

भारतको राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र विशेष किसिमको रहेको बताउँदै खुल्ला सिमाना र अरू विशिष्ट सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध महत्वपूर्ण रहिआएको बताए ।

प्रधानमन्त्री देउवाले आजै बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरे । राससको सहयोगमा

 

तस्विर स्रोतः रासस,भारतीय विदेश मन्त्रालय


क्लिकमान्डु