अन्तर्राष्ट्रि फुटवलबाट बिदा भए वेन रुनी, देशको लागि सर्वाधिक गोलको रेकर्ड



इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका छन् ।

१४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बिताएका ३१ बर्षीय उनले इङल्याण्डको लागि कूल ५३ गोल गरेका छन् । यो नै इङल्याडको लागी सबैभन्दा बढी गोलको किर्तीमान हो ।

रुनीले आफूलाई इङल्याण्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर राष्ट्रिय टोलीमा पुनः बोलाएको भए पनि सन्यासको निर्णय लिएको बताए। साउथगेटले माल्टा र स्लोभाकियामा अर्को महिना हुने खेलमा रुनीको अनुपस्थिति अपेक्षा गर्नुभएको थिएन ।

‘प्रत्येक पटक राष्ट्रिय टोलीमा छनोट हुँदा मेरो निम्ति त्यो गरिमापूर्ण थियो । तर मलाई लाग्छ अब मैले छाड्ने बेला भयो’, भाबुक बन्दै रुनीले मिडियासँग भने ।

रुनी म्यानचेष्टर युनाइटेड क्लबका पूर्व कप्तान पनि हुन् भने हालैमात्र उनले आफ्नो खेल आरम्भ गरेको फुटबल क्लबमा नै
फिर्ता भएका छन् ।

इङ्ल्याण्डको निम्ति उनले पहिलो पटक सन् २००३ को फेब्रुअरीमा अष्ट्रेलियासँग खेलेका थिए । सन् २००४ को यूरो फुटबल उनले खेलेको पहिलो महत्वपूर्ण प्रतियोगिता थियो ।

इङल्याण्डका निम्ति उनको अन्तिम खेल भने कप्तानको रुपमा गत नोभेम्बरमा वेम्बले रंगशालामा स्कटल्याण्ड विरुद्धको खेल रह्यो । उक्त खेलमा इङल्याण्डले तीन गोलले स्कटल्याण्डलाई जितेको थियो ।

अन्तर्राष्ट्रिय पुटबलमा देशकोलागी सर्वाधिक गोलकर्ता बनेका उनले क्लब फुटवलमा म्यानचेष्टरको लागी १८३ गोल गरेका छन् भने, एभरटनको लागी १७ गोल गरेका छन् ।

प्रिमियर लिग २०१७ मा उनि पुन एर्भटनमा आबद्ध भएका छन् । चालु सिजनको २ खेलमा उनले २ गोल गरिसकेका छन् ।


क्लिकमान्डु