चर्चित कार निर्माता लैम्बार्गिनीले ल्यायो स्मार्टफोन, मूल्य २ लाख ५७ हजार, के-के छन् बिशेषता ?



काडमाडौं । लग्जरी कार निर्माता कम्पनी लैम्बार्गिनी ले एन्ड्रोएड स्मार्टफोन विश्व बजारमा ल्याएको छ । कम्पनीले यस फोनको नाम अल्फा१ (Alpha One)  राखेको छ । कम्पनीले यस फोनको सुरुवाती मूल्य २४५० डलर राखेको छ । यसको नेपाली मूल्य २ लाख ५७ हजार रुपैयाँ हाराहारीमा पर्न आउँछ ।

यो फोन कम्पनीको वेभ साइटबाट सिधै र कम्पनीले खोलेका रिटेल स्टोरबाट खरिदगर्न सकिन्छ । अहिले यो फोन बेलायत र युएईमा खरिदगर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यो फोन लिक्विड मेटलको प्रयोगबाट बनाइएको छ, जुन मेटल सुपरकार बनाउँन प्रयोग गरिन्छ ।

यस्तो छ फिचर
५.५ इन्चको २के एमोलेड डिस्प्ले जडान गरिएको छ । फोनमा २५६०*१४४० पिक्चर रिजोलुशन रहेको छ । यस फोनमा २.३ गिगार्हज क्वाड कोर क्वालकम स्नेपड्रागन ८२० प्रोसेसर जडान भएको छ भने ४ जिबी र्याम रहेको छ ।

यो फोनमा ६४ जीबी इन्टरनल मेमोरी र १२८ जीबीसम्म एक्स्पान्ड मेमोरी प्रयोग गर्न सकिने छ । यो फोन एन्ड्रोइड नागटमा काम गर्छ ।

जसमा फिङ्गर प्रिन्ट सेन्सर समेत दिइएको छ । फोनमा ३२५० एमएएच पावरको व्याट्री जडान भएको छ । २० मेगापिक्सलको रेयर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा डल्बी साउन्ड सिस्टम जडान गरिएको छ ।


क्लिकमान्डु