प्रधानमन्त्री देउवा दिल्लीमा, भारतीय विदेशमन्त्री स्वराजले गरिन स्वागत



तस्विर: भारतीय विदेशमन्त्रालय

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा ५ दिने भ्रमणको क्रममा नयाँ दिल्ली आइपुगेका छन् ।

नयाँ दिल्लीको इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री शुस्मा स्वराजले स्वागत गरिन् ।

प्रधानमन्त्री भएपछि पहिलो औपचारिक भ्रमणमा भारत गएका देउवालाई राष्ट्रपति भवनमा बस्ने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाँदा राज्यमन्त्री विमानस्थलमा स्वागत गरेको भन्दै आलोचना भएको थियो ।

देउवाले आज दिल्लीस्थित नेपाली दुतावासले गरेको कार्यक्रममा सरिक हुने छन् । औपचारिक भेटघाटको कार्यक्रम भोलिलाई राखिएको छ ।


क्लिकमान्डु