सामसङ्ग डिजिटल प्लाजा अब नयाँबजारमा



काठमाडौं। सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा नयाँबजारमा मंगलबारदेखि सुरुवात गरेको छ । सामसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा, नयाँबजार, काठमाडौँमा खोलिएको हो ।

हिम इलेक्ट्रोनिक्स प्रा.लि का प्रबन्ध निर्देशक शेखर गोल्छाले एक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरे ।

सामसङ डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु कभ्र्ड टिभीहरु, एलईडी टिभीहरु, मोबाइल फोनहरु, रेफ्रिजेरेटरहरु, वासिंग मेसिनहरु र माइक्रोवेभ ओभनहरु लगायतका सामसङका सामानहरु विक्री गर्ने छ ।

काठमाडौँ उपत्यका भित्र ९ वटा र बाहिर ५ वटा गररे हाल सम्म १४ बटा सामसङ प्लाजा खुुलिसकेको छ ।

‘ग्राहकहरुको बढ्दो मागका कारण हामीलाई नयाँबजारमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ,’ नयाँ शोरुम उद्घाटन गर्दै हिम इलेक्ट्रोनिक्स प्रा.लि का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक अफर पनि प्रदान गरेको जनाएको छ ।

 


क्लिकमान्डु