भाद्र १३ गतेबाट भृकुटीमण्डपमा नविनतम् गाडी, शुलभ कर्जा र अटोको कुम्भ मेला




काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसजको संयुक्त आयोजनामा हुने १२ औं नाडा अटो शो २०१७ काठमाडौंको भृकृटी मण्डपमा भादौं १३ देखि १८ गतेसम्म हुने भएको छ ।

उक्त अटो शोमा विश्व प्रख्यात ब्राण्ड, नयाँ प्रविधि विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, हेभी इक्युमेन्टलगायतका बस्तुहरु प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिए ।

मेलामा साना ठूला गरि लगभग १ सय ३० वटा स्टलहरु रहने छन् । जसमा ९० वटा संस्थाहरुको सहभागिता रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका, २ पाङग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरु रहने छन् ।

अटो शोको शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको आयोजकले जनाएको छ ।

आज राजधानीमा पत्रकारसम्मेल गर्दै नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले अटो शो बाट उठ्ने रकम मध्ये ५ लाख बाढीपिडीतलाई दिने घोषणा गरे । साथै उनले यस पटकको अटो शो सधै जस्तै भव्यहुने समेत दाबी गरे ।

करिब ८० हजारले अबलोकन गर्ने अपेक्षा गरिएको अटो शोमा गाडी खरिदकर्तालाई ऋण उपलव्ध गराउन १० वटा बैंकहरुले अटो शोमा भागलिएको आयोजकले जनाएका छन् ।


क्लिकमान्डु