पत्रकार महासंघको महाधिवेशन आजदेखि



काठमाडौं ।  । पत्रकार महासंघको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

नयाँ नेतृत्व चयनको लागि हुन लागेको महाधिवेशनले ३ वर्षको लागि ४७ सदस्य नयाँ कार्यसमिति चयन गर्ने छ ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।

यो पटक महाविधेशनमा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीले तिर्थ कोइरालालाई अध्यक्षको रुपमा अगाडि सारेको छ ।

यस्तै कांग्रेस निकट पत्रकारको संस्था प्रेस युनियन र माओवादी निकट पत्रकारको संस्था प्रेस सेन्टरले गोविन्द आचार्यलाई अगाडि सारेको छ ।

अहिलेका महासचिव उजिर मगरले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

यो पटक पत्रकार महासंघमा कांग्रेस र माओवादी एकतिर र एमाले अर्को तिर भएर प्रतिस्पर्धा गर्दैछन् । विगतका तीनवटा महाधिवेशनमा एमाले निकट चौतारी र माओवादी निकट पत्रकारबीच तालमेल भएर चुनावमा गएका थिए ।

नयाँ नेतृत्व चयनको लागि १ हजार ५१६ जनाले मतदान गर्न पाउने छन् ।

देशभरबाट पत्रकार महासंघको महाधिवेशनमा भाग लिन पत्रकारहरु काठमाडौं आएका छन् । काठमाडौं उपत्यका बाहिरबाट आएका पत्रकारलाई बस्ने व्यवस्था सुन्धारामा गराइएको छ ।

महाधिवेशनको कार्यतालिका अनुसार आज उद्घाटनपछि उम्मेद्वारको मनोनयन हुने छ । सोमबार बिहाना ९ बजेदेखि ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । मतदान सकिएपछि यसको गणना महासंघको केन्द्रीय कार्यालयमा हुने छ ।

 


क्लिकमान्डु