कडा प्रतिस्प्रर्धामा यी २ बीमा कम्पनी, सबै सूचकमा प्रतिस्प्रर्धा




काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनी बिचमा कडा प्रतिस्प्रर्धा देखिएको छ । १७ निर्जीवन बीमा कम्पनी मध्ये नाफाको हिसाबले सगरमाथा दोस्रो स्थानमा रहेको छ भने, बीमा शुल्क आर्जनमा सिद्धार्थ दोस्रो स्थानमा रहेको छ ।

सगरमाथा इन्स्योरेन्सले खुदनाफा २५ करोड ५५ लाख रुपैयाँ गर्दा सिद्धार्थले २२ करोड ३१ लाख रुपैयाँ खुदनाफा कमाएको छ ।

प्रतिस्प्रर्धा नाफामा मात्रै होइन बीमा शुल्क आर्जनमा समेत देखिन्छ । बीमा शुल्कमा सिद्धार्थ अगाडी छ । उसले १ अर्ब ५० करोड बीमा शुल्क संकलन गर्दा सगरमाथाले १ अर्ब ४० करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दुबै कम्पनीको चुक्तापुँजी समेत बराबर जस्तै रहेको छ । सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रहेको छ भने, सिद्धार्थको चुक्ता पुँजी ५३ करोड ३६ लाख ८२ हजार रहेको छ ।

सिद्धार्थको महाबिपत्ती कोष ५ करोड ३४ लाख हुँदा सगरमाथाको २ करोड ८० लाख रुपैयाँ रहेको छ । महाबिपत्ती कोषमा सगरमाथा भन्दा सिद्धार्थ अगाडि देखिएको छ ।

दाबी भुक्तानीको आधारमा सगरमाथा इन्स्योरेन्सले धेरै भुक्तानी गर्नुपरेको छ । उसले गत आर्थिक बर्षमा ६ हजार २ सय ९३ दाबी संख्या फर्छौट बापत १ अर्ब २ करोड रुपैयाँ भुक्तानी गरेको छ । सिद्धार्थले भने ४ हजार ९ सय १५ वटा दाबी भुक्तानीमा ६१ करोड ३५ लाख रुपैयाँ खर्चेको छ ।

सिद्धार्थले व्यवस्थापनमा १ करोड ३७ लाख रुपैयाँ खर्चगर्दा सगरमाथाले १ करोड ६३ लाख खर्च गरेको छ । सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा ४१ करोड ३४ लाख रहेको छ भने, सगरमाथाको ३९ करोड १७ लाख रुपैयाँ रहेको छ ।

सगरमाथा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (इपिएस) ४७.४८ रुपैयाँ पुग्दा सिद्धार्थको ४१.४७ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु