गाडी भित्रै साँचो बिर्षनु भयो ? यी ५ उपाए लगाएर सजिलै खोल्नुहोस्




काठमाडौं । धेरै पटक मानिसहरुबाट गल्तिले गाडीको चाबी भित्रै छाड्ने र ढोका बन्द गर्ने काम भइरहेको हुन्छ । र, मानिसहरुसँग ढोका खोल्न अर्को साँचो पनि हुदैंन । यस्तो केही उपायहरुले तपाईंहरुको समस्या हल गर्न सक्छ ।

हुन त बिभिन्न खाले गाडीको लकिङ सिस्टम फरक फरक खालको हन्छ । नयाँ मोडलका गाडीहरु त रिमोट कन्ट्रोल र पावर लक्सका साथै बेचिएका हुन्छन् । तर, पुराना गाडीहरु म्यानुअल्ली मात्र खुल्छ । यसका अलावा केही गाडीहरुको झ्याल भित्र, ढोकाको माथि लकिङ नाब हुन्छ भने केही गाडीमा ह्यान्डल ।

गाडीको ढोका खोल्ने तरीका नम्बर १

यो एकदम चल्तीकै तरीका हो । यो तरीका मारुती र हुन्डाइको पुराना मोडलका गाडीमा गर्न सकिन्छ । गाडीको ढोका खोल्नका लागि ढोकामा लगाइएको रबरलाई स्केलले हटाउनहोस् । त्यसपछि रबर हटाएर बनेको धाँजोमा स्केल घुसार्नुहोस् । ढोकामा लगाइएको नाब आफैं माथि आउँछ ।

नम्बर २

कारको ढोका कोट ह्याङ्गरको माध्यमबाट पनि खोल्न सकिन्छ । यो तार वा फलामको ह्याङगरलाई मोडेर हुकआकारको बनाउनोस् । र, त्यो तारको हुकलाई बिस्तारै ढोकाको रबरको धाँजोमा घुसार्दै लकिङ सिस्टमलाई खोल्न सकिन्छ । यो तरीकाले केही समयको भने खपत गर्न सक्छ, तर, तपाईंको काम भने हुन्छ । प्लासटिकको कोट ह्याङगरको प्रयोग गर्नुभयो भने चाहीँ ढोका कोतर्नेलगायत समस्या पनि हँुदैंन ।

नम्बर ३

एयर प्याकको माध्यमले पनि गाडीको ढोका खोल्न सकिन्छ । यसको लागि तपाईं एउटा एयर प्याकलाई ढोकाको माथिल्लो भागमा राखेर हावा भर्नुस । अनी अर्को एयर प्याकलाई ढोकाको साइडमा राखेर हावा भर्नुस । यसले तपाईंको ढोकामा केही ठाउँ बनाउँछ । र, ठाउँबाट रड वा हुक छिराएर तपाईं ढोका खोल्न सक्नुहुन्छ ।

नम्बर ४

प्लासिटकको स्ट्रिप ले पनि गाडीको ढोका खोल्न सकिन्छ । प्लास्टिकको स्ट्रिपलाई कार विन्डोमा छिराएर गाडीको ढोका खोल्न सकिन्छ ।

नम्बर ५

जुटको फित्ता वा जुत्ताकोतुनाको प्रयोगले पनि गाडीको ढोका खोल्न सकिन्छ । यो तरीका अलि गाह्रो हन्छ । तर, नाब लक भने खोल्न सकिन्छ । जुत्ताको तुनालाई बिचमा गाँठो पारेर गोलो बनाएपछि त्यसलाई ढोका भित्र घुसारेर लक खोल्न सकिन्छ ।


क्लिकमान्डु