महासंघ उपाध्यक्षमा बस्नेतको उमेद्वारी घोषणा, जिल्लालाई स्वार्थपूर्तिको भर्याङ बनाइयो



फाइल फोटो

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको भदौ १९ गते हुने जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा डिबी बस्नेतले उमेद्वारी घोषणा गरेका छन् । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष पदको निर्वाचन नजिकिएसँगै चुनावी चर्चा समेत सुरु भएको हो ।

‘चैतमा भएको निर्वाचनमानै मैले उमेद्वारी दिने बिचार गरेको थिए, क्रमिकरुपमा अगाडी आएका साथीहरुलाई रोक्नु हुँदैन भन्ने सोचेर प्रमोद श्रेष्ठलाई सहयोग गरेको हुँ ।’ बस्नेतले भने ।

आफ्नो उमेद्वारीबारे जानकारी दिदै क्लिकमाण्डुसँग बस्नेतले भने ‘जिल्ला नगरलाई भर्याङ बनाएर आफ्नो स्वार्थपुरा गर्नेहरु हाबी हुँदै गएका छन् । त्यसलाई रोकेर उनिहरुको पक्षमा कामगर्न मेरो उमेद्वारी हो ।’

नेपाल राष्ट्र बैंकले १० लाख भन्दा बढीको कारोवार चेकमार्फत अनिर्वाय गरेपछि जिल्लामा व्यवसायगर्न भएको कठिनाईको बारेमा महासंघमा सबै किन मौन छन् ? किन जिल्लाका समस्यामा कोही केहि बोल्दैन । त्यसको लागी आफ्नो उमेद्वारी भएको बस्नेतको दाबी छ ।

प्रमोदलाई चुनावमा हामी सबै मिलेर सहयोग गर्यौ । तर, मेयरमा चुनाव लड्न जानु अगाडी उनले एकपटक पनि सल्लाह नगरी गए । त्यसले जिल्लाका साथीहरुलाई सम्बोधन भएन ।

आफ्नो उमेद्वारीबारे प्रष्टपार्दै बस्नेत भन्छन् ‘लामो समय जिल्ला नगरको चेम्बर गतिबिधिमा जोडिएर कामगरेँ, अहिले अबस्था झनै जटिल भएको छ, स्थानीय र प्रदेशतह निर्माण भएका छन् । त्यहाँ समस्यामा धेरै छन्, अफ्नो अनुभव प्रयोगगर्ने सहि समय हो जस्तो लाग्छ ।’

पछिल्लो समयमा महासंघमा नेतृत्वले केही नगरेपनि किन नगरेको भन्ने प्रश्न राख्ने कोही नभएको व्यवसायीक वृतमा चर्चा हुन थालेको छ ।


क्लिकमान्डु