भारतले भूकम्पपछि दिने भनेको १ खर्बको टुंगो छैन, पुनः ४० करोडको आस्वासन



काठमाडौं । शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर तराईका बाढी पीडितको लागि २५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने बताए ।

राष्ट्रिय समाचार समितिमा प्रकाशित समाचार अनुसार मोदीले बाढी र पहिरोबाट गएको जनधनको क्षतिप्रति दुःख व्यक्ति गर्दै भारत सरकारको तर्फबाट २५ करोड भारतीय रुपैयाँ सहयोग दिने प्रतिबद्धता गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रचलन अनुसार यो साता भारत भ्रमणमा जादैछन् । भारत भ्रमणमा पुरानो सम्झौताको कार्यान्वयन बाहेक खासै नयाँ ऐजेण्डा छैन । प्रधानमन्त्री देउवाको भ्रमणको पूर्वसन्ध्यामा मोदीले नेपालका बाढी पीडितलाई २५ करोड भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरे ।

भारतले भूकम्पपछिको पुननिर्माणको लागि १ खर्ब सहयोग गर्ने भनेको थियो । भूकम्पपछिको पुननिर्माण सम्मेलनमा आएकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पुननिर्माणको लागि १ खर्ब भारत सरकारले दिने घोषणा गरिन् । पुननिर्माण भारतले सबैभन्दा बढी सहयोग गर्ने घोषणा गर्यो । स्वराजले सहयोगको घोषणा गरेपछि सम्मेलन स्थल होटल सोल्टीमा तालीपनि राम्रो नै बझ्यो ।

तर,सम्मेलन भएको २ वर्ष भएपनि अहिलेसम्म भारत सरकारले दिने भनेको सहयोग रकम दिएको छैन ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि ३ वर्ष अगाडि भदौमा नेपाल भ्रमणमा आएका थिए । नेपाल भम्रणमा आएर संविधान सभामा सम्बोधन गरेको मोदीले १ खर्ब बराबरको लाइन अफ क्रेडिट दिने घोषणा गरे ।

सहुलियत पूर्ण ब्याजदरमा दिने भनेको ऋण के मा प्रयोग गर्ने नेपाल सरकारले पनि टुगो लगाएको छैन । कसरी दिने भारत सरकारले पनि टुंगो लगाएको छैन ।


क्लिकमान्डु