सरकारले प्रतिबाढी पिडित दैनिक ७० रुपैयाँ दिने, १ अर्ब निकासा



फाइल फाेटाे

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित जिल्लाका बासिन्दालाई प्रतिव्यक्ति दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागि एकमुष्ट नगद उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ । उक्त कुरा गृहमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

‘चामल किनेर वितरण गर्नुभन्दा एकमुष्ट रकम वितरण गर्नु उपयुक्त हुने देखिएकाले एक महिनाका लागि यस्तो निर्णय गरिएको हो ।’ पत्रकार सम्मेलनमा गृहमन्त्रीले भने ।

अति प्रभावित क्षेत्रमा पसलमा खाद्यान्न नपाइने समस्या आएमा नेपाल खाद्य संस्थानमार्फत खाद्यान्न वितरणको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

विपद्का समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा व्यक्तिलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले प्रभावित क्षेत्रमा राहत वितरणका लागि कसैलाई बन्देज नगरिएको स्पष्ट पारेका थिए ।

प्रभावितलाई सहयोग गर्ने नाममा नेपालभित्र र बाहिरसमेत अनाधिकृत रुपमा बैंक खाता खोलिएको जानकारी प्राप्त भएको बताउँदै मन्त्री शर्माले व्यक्तिगत रुपमा कसैले खाता खोल्न नपाउने स्पष्ट पारेका थिए ।

सरकारको स्वीकृति लिएर भने सहयोगका लागि खाता खोल्न सकिने छ । कोशी, कर्णाली र गण्डकीमा ठूला जलाशययुक्त आयोजना निर्माण गर्न सकेमा नेपालले पानी नियन्त्रण गर्न सक्ने र यसबाट एकातर्फ विद्युत् उत्पादन र अर्कोतर्फ बाढी नियन्त्रण हुने विचार समेत राखेका थिए ।


क्लिकमान्डु